प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री सहित सात मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा जेठ ३ गते राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
यसरी सपथ लिनेहरुमा नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरु संघीय सदभावना पार्टीका अनिलकुमार झा, राप्रपाका परशुराम खापुङ, एमालेका राधा ज्ञवाली, नेकपा संयुक्तका चन्द्रदेव जोशी ,परिवार दलका एकनाथ ढकाल र नेपा राष्ट्रिय पार्टीका डा केशवमान शाक्य रहेका छन् ।
तीन उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, नारायणकाजी श्रेष्ठ र कृष्णप्रसाद सिटौलाले अघिल्लो चरणमै सपथ लिइसकेका थिए । वर्षमान पुन, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, राजेन्द्र महतो, दीनानाथ शर्मा, महेन्द्रराय यादव, राजकिशोर यादव र सूर्यमान गुरुङ पनि मौजुदा मन्त्रीपरिषदमा छन् ।
तिलिसरा राना गाहा
