पाल्पामा आदिवासी जनजाति संयुक्त संघर्ष समिति गठन

Read Time:1 Minute, 54 Second

आफ्नो हकअधिकारको माग गर्दै विभिन्न समूह तथा वर्गले आन्दोलन गरि रहदाँ

आदिवासी जनजातिहरुले पनि जातिय पहिचान सहितको संघियताको माग गर्दै यही
जेष्ठ ६ गते देशभर जनप्रदर्शन तथा ७ गते देखि तीन दिन नेपाल बन्द गर्ने
भएको छ ।
यसको लागि पाल्पा जिल्लामा पनि आदिवासी जनजाति महासंघ समन्वय समिति
पाल्पाका अध्यक्ष गम बहादुर सारुको संयोजकत्वमा ३१ सदस्यीय आदिवासी
जनजाति संयुक्त संघर्ष समिति पाल्पा गठन भएको छ । तानसेनमा आज बसेको
आदिवासी जनजातिहरुले बृहत भेलाले यो समिति गठन गरेको हो । समितिमा
पाल्पामा सकि्रय विभिन्न ७ वटा जातिय संस्था र उक्त संस्थामा आवद्ध
भातृसंस्थाहरु राजनीतिक दलसँग सम्बद्ध जातिय संगठनहरु र विभिन्न
व्यक्तिहरु रहेका छन् ।

यो समितिले जेष्ठ ६ गते जिल्लाको गाउँ गाउँबाट जनसमुदाय भेला गराई
तानसेनमा विशाल जनप्रदर्शन गर्ने र ७ देखि ९ गते सम्म नेपाल बन्द गराउने
संघर्ष समितिले जनाएको छ । उनीहरुले जातिय पहिचान सहितको राज्य भनेको एकल
जातिको मात्र राज्य नभई सवै जातको समाबेशी सहितको जातिय ऐतिहासिकता
बोकेको पहिचान भएकोले भ्रममा नपर्न र नपार्न आग्रह समेत गरेको छ । भेला
संघका अध्यक्ष गम बहादुर सारुको अध्यक्षतामा बसेको थियो ।

देव पचभैया, पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %