

संगिनी रानामगर
नेपालका आदिवासी जनजातिहरुको ऐतिहासिक आन्दोलन एउटा व्यतिगत स्वार्थपुर्ती र दियोस्वपनाको आन्दोलन होईन जातिय, वर्गिय, लैगिंक र क्षेत्रीयरुपमा ईतिहास देखि वर्तमानसम्म भेदभाव, अपमान, अन्यय र अत्याचारको पिडा भोगेका समुदायहरुको आन्दोलन हो, यसलाई कसैले रोक्न खोजेर रोकिनेवाला छैन । समयको परिवर्तनलाई कसैले पनि छेक्न सक्दैन खाली ढिलो चाडोको कुरा मात्र हो । म बच्चपन अवस्थामा हुदा मेरो समुदायको दिदी बैनीहरुप्रति गरेका अन्याय, अत्याचार, बल्तकार, आत्मा हत्या गर्न बाध्ये पारिएका घटानाहरु प्रत्येक्ष मेरो आखाँ देखेको छु । जब म स्कुल गए त्यसपछि म प्रति अपमानका शव्दका वाणहरु सुरु भयो किन कि म मगर समुदायको पहिलो छोरी थिए २०४१ सालमा एस एल सी पास गर्ने । यस पछि म प्रति भएका भेदभाव र अपमानका व्यवहार र शव्दका वाणहरुले मलाई जिवनभर जातीय र लैगिक आन्दोलनमा होमीनको लागी शक्ति संचय गर्यो । यती मात्र होइन मेरो समुदायको पुर्खाहरु प्रति गरेका अन्यय र अत्यारका ईतिहासका पानहरु पढे भने यसले मेरो शरिरका थोपा थोपा रागत सधै उमलेर आउछ ।
आज म जस्तो पिडाभोग्ने हजारौ आदिवासी जनजाति, महिला, दलित, मधिशे र क्षेत्रीयरुपमा बहिस्करणमा पारिकाहरुको पिडा, भावना र चाहानाहरुले मुक्तीको बाटो खोजीरहेको छ, आफ्नो मानव अधिकारलाई व्यवहारमा उतारर्नको लागी संघर्ष गरिरहेका छन् । यो पिडा नेपालको ९० प्रतिशत सरकारी र गैर सरकारी क्षेत्रमा हालीमुहाली गर्ने, र एकलजातीय राजनीति गर्ने गैर आदिवासीहरुले राम्ररी बुझेकाछन् । त्यसैले उनीहरुले जातिय राज्य र आदिवासी जनजाति, दलित, मधिशे र महिलाको मुद्धालाई संविधानमा राख्न चाहादैनन् । उनीहरुले खोजेको हरेक क्षेत्रमा समान अधिकारलाई समानरुपमा सम्बोधन गर्न नै चाहादैनन् । आफूले खाइपाई आएको सुविधा, सत्ता, शक्ती र स्रोतलाई अरु जाती र समुदायमा बाडफाँड गर्न नचाहाने बाहुनवादी सोच र विचारधाराले देश र जानतालाई कहिलै उभो लाग्न दिदैनन् । आज यसले गर्दा देशका लाखौ युवाजनशक्ति विदेशियकाछन् । यिनैका रगत र पसिनाले देश बचाएका छन् तर पनि चिक्त दुखाई छैन राज्यको ढुकुटी रित्याउने पार्टीका नेताहरुलाई ।
जातीय आधारमा संघीय राज्य संविधानमा सम्बोधन नभएमा विश्वको कुनाकाप्चामा रहेका आदिवासी जनजाति युवाहरुको जे जस्तो बलिदान र योगदान गर्न पनि तयार छन् । आफ्नै देशको लागी हतियार र कलम दुबै साधन तयार छन आजका युवाहरु । तर यस्तो अबस्था आउनु भनेको देशको लागी दुर्भाग्य हो । बाहुनवादी सोच र विचार बोकेर बसेका नेताहरुले आज बुझेर पनि बुच पचाउन खोज्छन भने र देशलाई जातीय गृहयुद्धमा परिणित गर्न खोज्नु हो । आजका आदिवासी जनजाति र महिलाहरुले आफ्नो अधिकार राम्ररी बुझिसकेका छन् । जातीय आन्दोलनलाई कसैले रोकेर पनि रोक्न सक्दैन अब ।
(राना मगर आदिबासी जनजाती महिला महासंघ अमेरिकाकि अध्यक्ष हुन्)
