राष्ट्रिय एकता र जातीय सदभाव कायम राख्नका लागि पहिचान सहितको संघीयता आवश्यक भएको ठहर गर्दै राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीले संघीयता विरोधीहरुको पुत्लालाई फाँसी दिएको छ । आफ्नो पार्टीको खबरदारी अभियान अन्र्तगत जेठ १ गते दिनको ३ बजे फाँसी दिएको सो पार्टीका नवलपरासी सचिव तीलबहादुर झेंडी मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
सचिव झेंडी मगरले दिएको जानकारी अनुसार जिल्लाको गैंडाकोट, कावासोती, अरुङखोला, दुम्किवास र वर्दघाटमा कोणसभा गरेर फाँसी दिइएको हो । खबरदारी अभियान अन्र्तगत नै जेठ १० गते सबै जिल्ला सदरमुकाममा जनप्रर्दशन र जिल्ला स्तरीय खबरदारीसभा गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
संघीयता विरोधीहरुले आन्दोलनको नाममा जनतालाई दुख दिईरहेका बेला आफूहरुले राष्ट्रिय एकता र समृद्ध नेपालका लागि खबरदारी अभियान चलाएको झेडीको भनाई छ ।
