
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयता विरोधीको आदिवासी जनजातिहरुले सडकमै गएर प्रतिकार गर्नुपर्ने बताएका छन् । वैशाख ३१ गते विहान आफ्नो निवासमा पुगेका ज्ञापनपत्र बुझाउन गएका आदिवासी जनजाति प्रतिनिधिमण्डलसँग दाहालले यस्तो आग्रह गरेका हुन ।
संघीयता विरोधीहरुको स्वर अनायसै चर्को भएको भन्दै दाहालले भने संघीयता विरोधीहरुलाई पराष्ट गर्न डेढ करोड आदिवासी जनजातिहरु सडकमा जानुपर्छ । संघीयता विरोधीहरुले सडक कब्जा गरिरहेको सन्दर्भमा जनजातिहरुले अनुशासित ढंगले आन्दोलन गर्नुपर्ने उनको भनाई थियो ।
पूर्वप्रधानमन्त्री दाहालले पहिचान सहितको संघीयता भए मात्रै नयाँ नेपाल बन्न सम्भव भएको धारणा राखे । आफ्नो पार्टीले पहिचान सहितको संघीयता नछाडेको पनि अध्यक्ष दाहाल त्यस अवसरमा बताएका थिए । उनले भने पहिचान सहितको संघीयता छाड्न सकिदैन । गणतन्त्र ल्याउनका लागि भएको माओवादी युद्धमा वाहुन क्षेत्रीको भन्दा जनजाति दलित र मजदुरको योगदान बढी भएको दाहालले उल्लेख गरे ।
जनजाति प्रतिनिधि मण्डलले संविधानसभामा दलीय ह्विप लगाउन नहुने माग सहित दाहाल र काँग्रेस सभापति सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।
तिलिसरा राना गाहा, काठमाडौं
