जनजाति सभासदहरुलाई संविधानसभामा दलको व्हीप नलगाउन माग

Read Time:5 Minute, 16 Second

दलहरु परित्याग गर्ने र संघीयता विरोधी मिडिया बहिष्कार गर्ने चेतवानी सहितको नेपाल आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ति आज बैशाख ३१ गते विहान ६ बजे नै एकीकृत नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) को निवस लाजिम्पाठ र नेपाली कांग्रेसको सभापति सुशिल कोईरालाको निवास महारजगंञ्जमा विहान ७ बजे नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संगठनका प्रतिनीधिहरुले भेटेर जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना हुनु पर्ने, जातिय पहिचानको आधारमा प्रस्तावित लिम्बुवान, किरँ“त, शेर्पा, तामसालिङ, नेवा, मगरात, भोटे लामा, तमुवान थरुहट र वल्लो किरा“त प्रदेशहरु जातिय राज्य भनेर भ्रम सिर्जना नगर्न, आदिवासी जनजाति सभासदहरुलाई संविधानसभामा दलको व्हीप नलगाउन माग राखे ।

जातिय पहिचानको आधारमा राज्यको पुनसंरचनामा दलहरु सहमति नभएमा सबै आदिवासी जनजातिहरुले जातिय पहिचनको प्रदेश आफै घोषणा गर्ने, जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना नगर्ने दलहरु परित्याग गर्ने, सशक्त संघर्ष गर्ने चेतवानी दिए । प्रति उतरमा प्रचण्डले आदिवासी जनजातिको पहिचानको मुद्धालाई कदापी नछडाने प्रतिवद्धता व्यक्त गरे । अखण्ड भौगोलिक प्रदेशको नाममा संघीयता विरोधी तत्वहरु सलबलाएकाछन् त्यसकारण जातिय पहिचानको लागि संघीयताका पक्ष्ँधरहरुले सशक्त शान्तिपूर्ण सडक संघर्ष र आन्दोलन गर्नको लागि आग्रह गर्नु भो र यसो भएमा संघीयताको पक्षमा बल पुग्नेछ भन्नु भो । सुशिल कोईरालाले देशले धान सकिने आधारमा आदिवासी जनजातिको पहिचानको प्रदेश र त्यस्को संख्या निर्धारण गर्नु पर्ने बताए । आदिवासी जनजातिको अधिकारको पक्षमा नेपाली कांग्रेस सधै उभिने प्रतिवद्धता व्यक्त गरे । भोली जेठ १ गते विहान ६ बजे नेकपा एमालेको अध्यक्ष झलनाथ खनाललाई वहांकै निवासमा भेटेने भएकोछ । साथै विभिन्न संञ्चार माध्यममा कार्यरत खस हिन्दुअहंकारवादी संघीयता विरोधी सञ्चारकर्मीहरुले अति सुनियोजित र षडयन्त्रपूर्ण तरिकाले हजारौ आदिवासी जनजातिको सहभागितामा संम्पन्न आदिवासी जनजातिका आन्दोलनका कार्यक्रमहरुबारे कुनै समाचार संम्प्रेषण नगर्ने तर संघीयताको विरोधी चित्रवहादर, कमल थापा र भिमा रावल, कृष्णप्रसाद सिटौला, टोप वहादुर रायमाझीको अन्तवार्ता लगातार प्रसारण गरिरहने र अखण्ड भौगोलिक प्रदेशको नाममा आन्दोलन गर्ने व्रहमण क्षेत्रीको २÷३ सयको ¥याली तथा आन्दोलनको कार्यक्रमलाई व्यानर निउज बनाएर संम्प्रेषण गर्ने जस्ता प्रेष स्वतन्त्रको नाममा यस्तो नाङ्गो विभेदपूर्ण पक्षपाति व्यवहारलाई हामी नेपालका डेढ करोड आदिवासी जनजाति चुप लागेर बस्न सक्ने अवस्थामा छैनन् । व्यवसायिक रुपमा सञ्चालन गरेका संञ्चार वा मिडियाहरुले प्रेस स्वतनत्रताको दुरुपायोग गर्दै यस्तो एक पक्षीय पक्षपातीपूर्ण कार्य गरिरहने हो भने यस्तो सञ्चार वा मिडियालाई विज्ञापन तथा प्रायोजन नगर्न आदिवासी जनजातिका विज्ञापनदाता र प्रायोजकहरुलाई सचेत बनाउने र डेढ करोड आदिवासी पाठक, दर्शक र श्रोताहरुले वहिष्कार गर्न अभियान नै संञ्चालन गर्न बाध्य हुनेछौ । यस्तो अभियानले ल्याउने व्यवसयिक परिणामतर्फ सचेत रहन सबै संञ्चार माध्यम र मिडियलाई आग्रह गदछौ । सबै संञ्चार माध्यम र मिडिय आवज विहिनहरु आदिवासी जनजाति, महिला, दलित, पिछाड वर्ग क्षेत्र, अपाङ्ग, मुस्लीम र मधेशीहरुको आवज बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्दछौ ।

आङ काजी शेर्पा किसान, महासचिव, नेपाल आदिवासी जनजाति महासंघ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %