संघीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समितिले बैशाख ३० गते लिम्बुवान झापा दमकको गणतन्त्र चोकमा संघीयता र जातीय पहिचा तथा आत्मनिर्णयको अधिकारसहितको अरुण-सप्तकोशी पूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताका लागि लिम्बुवानका सबै राजनीतिक दल तथा जातीय सामाजिक संघ-संस्थाहरुको सामूहिक आयोजना र पहलमा लाखौं जनताहरुलाई सडकमा उतारेर विशाल जनप्रदर्शन सभा गर्दैछ । यस ऐतिहासिक विशाल जनप्रदर्शन सभालाई सबै दलका प्रमुख नेतृत्व तथा लिम्बुवानका सबै सभासदहरु र लिम्बुवान स्वायत्र क्षेत्रका नेतृत्व गैर लिम्बू बुद्धिजीवी अभियन्ता तथा संघ-संस्थाका नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैशाख ३० गते शनिबार विहानको ११ बजेबाट सुरुहुने यस जनप्रदर्शन सभालाई संघीय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराक, लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङ, एकीकृत नेकपा माओवादीका धर्मचन्द्र लावती, टंक आङबुहाङ र श्रीप्रसाद जबेगू, राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष केपी पालुङ्वा, नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघर्ष समितिका संयोजक विजय सुब्बा र केन्द्रीय सदस्य रकम चेम्जोङ, कांग्रेसका महासमिति सदस्य तथा नेपाल लिम्बू संघका अध्यक्ष प्रवीण नेम्बाङ, नेकपा एकीकृतका केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङलगायत संङ्घर्ष समितिका सबै प्रमुख नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, संघीय महिला परिषदका अध्यक्ष शान्ता योङहाङ, महासचिव अमृता थेबे, संघीय धिमाल स्वायत्त परिषदका महासचिव मातृका धिमाल, संघीय लेप्चा स्वायत्त परिषदका अध्यक्ष डुपद्धिरिङ लेप्चा, संघीय आठपहरिया स्वायत्त परिषदका अधयक्ष अष्टबहाखुर आठपहरिया, संघीय याक्खालेन स्वायत्त परिषदका महासचिव शान्ता याख्खाले सम्बानेध गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी लिम्बुवानका अभियन्दा तथा बुद्धिजीवी पत्रकार भवानी बराल, मचसम्ब्द्ध लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठ, लिम्बुवान बुद्धिजीवी परिषदका अध्यक्ष भानु भट्टराई, लिम्बुवानका केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्री र बुद्धिजीवीहरुको तर्फबाट सह-प्राध्यापक वालकृष्ण माबुहाङ एवम् किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिङ थाङ्देनलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न पार्टीसँग सम्बद्ध लिम्बुवनका सभासदहरु मा. ध्रुव आङ्देम्बे मा. पाशाङ शेर्पा, मा. विश्वदीप लिङ्देन, रणध्धज कन्दङ्वा लगायत सबै लिम्बुवानका सभासदहरुले उक्त जनप्रदर्शन सभालाई सम्बानेध गर्ने कार्यक्रम रहेको छ ।
लिम्बुवान आइडलका उत्कृष्ट १० प्रतिस्पर्धीहरुको विशेष साङ्गीतिक प्रस्तुतीसमेत रहने यो कार्यक्रमको साचालन संघीय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव तथा संघीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समितिका सचिव खगेन्द्रम माखिमले गर्नेछन् ।
डीबी आङ्बुङ लिम्बू, लिम्बुावान दमक
