मधेशी, आदिवासी र बैद्य समुहको बिच ४ बुँदे सहमति, मोर्चामा चार सय १७ सभासद्

Read Time:5 Minute, 16 Second
प्रभाकर सिंह, काठमाडौं २८ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आदिवासी(ककस) र एमाओवादीको बैद्य समुहबीच चार बुँदे सहमति भएको छ । साथै एमाओवादीका बर्षमान पुनसहित अन्य दलका सभासद्हरु पनि सहभागि भएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित मुस्लिम, अन्य दल र स्वतन्त्र सभासद् गरी एक सय ९६ र आदिवासीका २ सय १८ सभासद् गरी मोर्चामा कुल चार सय १४ सभासद् सहभागि रहेका छन् । यती सभासद् संविधानसभाको दुई तीहाई पुगेको छ ।  संसद सचिवालय सिंहदरबारको विकास समितिको बैठक कक्षमा बसेको बैठक दुई बजे चार बुँदे सहमति पारीत गर्दै सम्पन्न भएको छ । मोर्चामा एमाओवादीका बर्षमान पुनले पनि सहभागिता जनाएका छन् । मोर्चाद्धारा जारी गरिएको संयुक्त विज्ञप्तीमा ३५ जना विभिन्न पार्टी र ककसका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । मोर्चामा राज्य पुर्नसंरचना सम्बन्धमा एकल पहिचानसहितको राज्य निर्माण गर्ने सहमति भएको छ भने संविधानका विवादित विषयमा यथासिघ्र प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।
राज्य पुर्नसंरचना आयोगका बहुमत सदस्यले पारीत गरेको प्रतिवेदनको आधारमा अगाडि बढ्ने सहमित भएको छ । त्यस्तै नवलपरासी घटनाको भत्सर्ना गरिएको छ । मधेशी मोर्चा र आदिबासीको समिकरण बन्यो, बहुमत पुग्यो संविधानसभाको चूनावका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित मधेशी सभासद् र आदिवासी सभासद् समूह(ककस)को समिकरण बनेको छ । यीनीहरुको समिकरणले संविधान सभामा बहुमत पुग्ने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले बताएका छन् । अहिले सिंहदरबारमा चलि रहेको बैठकमा मधेशी सभासद् र आदिवासीका सभासद्हरु सहभागि छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित मधेशी सभासद्हरुको संख्या १ सय ९७ रहेको छ भने आदिवासी सभासद् (ककस)मा  २१७ जना सभासद्हरु रहेका छन् । यीनीहरुको यतिकै संख्या रहे संविधानसभामा बहुमत पुग्ने छ ।  मधेशी सभासद्हरु र आदिवासी सभासद् समूह(ककस) बिच अहिले सिंहदरबार स्थित विकास समितिकमा छलफल चल्दैछ । केही बेर पछि उनीहरुले प्रेस विज्ञप्ती जारी गरी गरिने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले बताएका छन् । दुई मधेश हुने प्रायः निश्चित मधेशमा दुई प्रदेश हुने प्रयाः निश्चित भएको छ । आज आदिवासीसहित अन्य दलसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको सहमति अनुसार मधेशमा थारु, आदिवासी, मुस्लिमसहितको पहिचानलाई समेटी दुई मेधश बनाईने छ ।  बैठकक पश्चात एकीकृत नेकपा माओवादीका नेता बर्षमान पुनले भने मधेशमा जातीय आधारमा दुई प्रदेश बनाईने सहमति भएको छ । पूर्वी मधेश र पश्चिमी मधेश गरी मधेशलाई दुई मधेशमा नामाकंन गरिने छ र त्यसका पछाडी थारु, आदिवासी, मुस्लिमको पहिचान पनि जोडिने छ ।  त्यस्तै मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का कार्यबाहक अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले भने राज्य पुर्नसंरचना आयोगका बहुमत सदस्यले पारित गरेको प्रतिवेदनमाथि विशेष छलफल हुने छ, एक मधेश एक प्रदेशका लागि प्रयास गरिने छ, प्रयास विफल भए दुई मधेश बनाईने छ । त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादले एक मधेश एक प्रदेशमा सहमति हुने र मधेश भित्रै थारु, आदिवासीको अधिकारसहितको राज्य दिइने बताएका छन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहाड मधेश हिमाल सबैलाई समेटर राज्यको पुर्नसंरचना गरीने सहमति भएको बताएका छन् । महतोले थारुको पहिचान, आदिवासीको पहिचान नगुम्ने गरी सहमति भएको छ । विज्ञप्ती अनुसार पनि दुई मधेशको प्रस्ताव गरेको आयोगको प्रतिवेदनमाथि छलफल हुने सहमति गरिएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %