जनजाति दलित मधेशी मुस्लिम र कर्णालीवासीलाई अधिकार दिनु नहुने माग राखेर दुई दिने नेपाल बन्द आव्हान गरेका वाहुन र क्षेत्रीहरुले सभासद सुदन राई र लक्ष्मी गुरुङ्गलाई निर्ममतापूर्वक कुटपिट गरेका छन् । वैशाख २८ गते काठमाडौंको कोटेश्वरमा ‘अधिकार खोज्ने तिमीहरु हैन!’ भन्दै कुटपिट गरेका हुन ।
संविधानसभाको बैठकमा जाने क्रममा आफूहरुमाथि नियोजित रुपमा आक्रमण भएको सभासद् राईले बताएका छन् । राई र गुरुङको उपचार भईरहेको छ । वाहुन र क्षेत्रीले राजधानीका विभिन्न स्थानमा २ ट्याक्सी, ७ बस ३ मोटरसाइकल डफोडसमेत गरेका थिए ।
बाबुराम भट्टराई नेतृत्वको सरकारले भने दोषीलाई कारवाही गर्नुको सट्टा वाहुन र क्षेत्रीहरुको बन्द शान्तिपूर्ण भएको बताएको छ ।
