वाहुनवादी राज्यले आफूहरुमाथि ज्यादती र दमन गरेको भन्दै त्यसको विरोधमा थारुहरुले आन्दोलन घोषणा गरेका हुन । नवलपारासीमा थारु र मगरलाई छानीछानी गोली हानेको र सम्पूर्ण थारुहरुको आस्थाको केन्द्र थारु संग्राहलयमाथि धावा बोलेको विरुद्धमा उनीहरुले वैशाख २८ गते इटहरीमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेका हुन ।
प्रहरीले नियन्त्रणमा लिएका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहा गर्नुपर्ने नवलपरासीमा भएको प्रहरी ज्यादतीको छानबिन हुनुपर्नेलगायतका माग राखेका छन् । थारु समुदायका नेताहरुले मुलुकभर थारु समुदायले पहिचान र सामथ्र्यका आधारमा पूर्वी थरुहट थारुवान स्वायत्त सङ्घीय राज्य घोषणाको माग गर्दै आएका छन् । वैशाख २९ गतेदेखि जेठ ५ गतेसम्म थप सङ्घर्षका कार्यक्रम पनि घोषणा गरेका छन् ।
इटहरीबाट थारुहरुको आन्दोलन घोषणा
Read Time:1 Minute, 15 Second
