वाहुन क्षेत्रीले गरेको दुव्र्यहारप्रति पत्रकार महासंघको खेद

Read Time:1 Minute, 29 Second

 

वाहुन क्षेत्रीले नेपाल बन्दको नाममा प्रेस स्वतन्त्रता हनन हुन गरी पत्रकारमाथि गरेको दुव्र्यहारको नेपालका पत्रकार महासंघले भत्स्रना गरेको छ । वैशाख २८ गते आयोजित बन्दमा राष्ट्रिय समाचार समितिका पत्रकार शरच्चन्द्र भण्डारीलाई गौशालाचोक र नयाँबानेश्वरमा पत्रकार परिचयपत्र देखाउँदासमेत बन्दकर्ताले दुव्र्यवहार गर्नुका साथै मोटरसाइकलको साँचो नियन्त्रणमा लिएको घटनाप्रति पनि महासङ्घले खेद व्यक्त गरेको हो।

महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाईंलाई भक्तपुरस्थित आफ्नो घरबाट महासङ्घ शाखाको प्रदर्शनीमार्गस्थित कार्यालयतर्फ आउने क्रममा परिचय दिँदासमेत बन्दकर्ताले दुव्र्यवहार गर्नुका साथै मोटरसाइकलको साँचो नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घ र महासङ्घ काठमाडाँै शाखाले खेद प्रकट गरेका छन् ।

बन्दमा उत्रेका वाहुन क्षेत्रीहरुले आदिवासी जनजाति दलित मधेशीको पक्षमा एक शब्द लेख्न नहुने भन्दै धम्क्याएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %