थारु र मगरमाथि ताकीताकी गोली प्रहार (नवलपरासी घट्ना)

Read Time:1 Minute, 29 Second

थारुहरुको आन्दोलनमा आततायी तरिकाले आक्रमण गर्ने वाहुन र क्षेत्री युवाहरुलाई कारवाही गर्न माग गदैै्र शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारु र मगरलाई प्रहरीले छानीछानी गोली प्रहार गरेको छ । कावासोती इलाका प्रहरी कार्यालयले वैशाख २७ गते दर्जनौं जनजातिहरुमाथि निर्मतापूर्वक गोली प्रहार गरेको हो ।

गोली लागेकाहरु मध्ये नवलपरासी कुमारवर्ती ६ का महेन्द्र मगर र टेकबहादुर चौधरी, थारु कुमारवर्ती ७ का धनबहादुर थनेत थारु र ताराबहादुर थनेत थारु, अग्यौली ३ का विशाल चौधरी थारु लगायतकोस्थिति गम्भिर रहेको छ । उनीहरुको अहिले उपचार भईरहेको छ ।

प्रहरीले भिड नियन्त्रण गर्ने भन्दापनि रिस साँध्ने काम गरेको आन्दोलनकारीको भनाई छ । एकल जातीय अधिकारवादी सन्चार माध्यमले भने थारु र मगरलाई दोषी देखाईरहेकोा छन् ।

 

सम्बन्धित समाचार

थारु सयुक्त संघर्ष समिति: प्रेस बिज्ञप्ति

नवलपरासीमा वाहुन क्षेत्री र थारुवीच झडप, पाँच हवाई फायर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %