आफ्नो अधिकार प्राप्तीका लागि आन्दोलित थारु समुदायमाथि वाहुन र क्षेत्री युवाहरुले हस्तक्षेप गरेपछि नवलपरासीमा झडप भएको छ । पहिचानको आधारमा राज्य पुर्नसंरचना गर्नूपर्ने प्रमुख माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थारुहरुमाथि वाहुन र क्षेत्रीहरुले एक्कासी आक्रमण गर्दा वैशाख २६ गते झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच हवाई फायर गर्नुपरेको थियो । पिठौलीका हिमाल थारुले राज्यसत्ता डटकमसँग टेलिफोनमा भने, ‘जाबो थारुले बाटो छेक्ने ? ठोक साला ! भन्दै हातपात गरे सर ।’ कुटपिटपछि उनीहरुले बोलेको भनाई उदृध गर्दै थारुले भने, ‘वाहुनको भाक खोस्ने सपना नदेख ! हामी शासन गर्न जन्मिएका हौं तिमीहरु शासित हुन ।’
राज्यसत्तालाई नवलपरासीबाट प्राप्त जानकारी अनुसार बुटवलमा हुन लागेको वाहुन र क्षेत्री समाजको कार्यक्रममा सहभागी हुन गएकाहरुले थारुहरुमाथि आन्दोलन गरेको हो । कार्यक्रमका लागि गएकाले वाहुन र क्षेत्रीहरु चढेको गाडीलाई क्षती पुर् याउने उद्देश्य नभएको तर वाहुनहरु नै गाडीबाट ओर्लिएर आन्दोलनकारीलाई पिट्न थालेपछि झडपको स्थिति आएको थारु कल्याण कारिणीसभाका महामन्त्री मझिलाल थारु थनेतले बताएका छन् ।
पूर्व सांसद तथा एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका थारुले कार्यक्रममा हिँडेको गाडीलाई अवरोध गर्ने कार्यक्रम नभएपछि वाहुनहरुको गाडी कावासोतीबाट अगाडि बढेको थियो । तर केही आन्दोलनकारीले जवरजस्ती गर्दा झडप भएको वाहुन नेताहरुको भनाई छ । तर हिमाल थारुले भने वाहुनहरुले थारुको मोटरसाईकल जलाएपछि आफूहरुले प्रतिरोध गर्दा उनीहरुको गाडीको सिसा चर्केको बताएका छन् ।
वाहुन र क्षेत्रीहरुले भने डन्डा रहेको जनजाति संग्रहालय तोडफोड गरेका छन् । उनीहरुले थारुहरुलाई संग्राहलय बनाउने अधिकार नभएको भन्दै तोडफोड गरेका थिए । संग्राहलय तोडफोडको क्रममा प्रगतीनगरका एक वाहुन युवा घाइते भएका छन् । अहिले अस्पतालमा उपचारत युवाको नाम भने अझै खुल्न सकेको छैन ।
वाहुन समाजका सदस्य खिमानन्द भट्टराईले गाउँगाउँबाट थारुहरु उठेर आएकाले त्रासको स्थिति रहेको बताएका छन् । ट्याक्टरकका ट्याक्टर थारु युवाहरु लाठी बोकेर जम्मा भएको भट्टराईले बताए । थारु कल्याणकारिणीसभाका महामन्त्री थारुले शान्तिपूर्ण आन्दोलनमा आक्रमण भएपछि थप आन्दोलनको कार्यक्रम बनाउने तयारी भईरहेको जानकारी दिए ।
बुटवलमा भएको यहि कार्यक्रममा सहभागी हुन जानेक्रममा वाहुन र क्षेत्रीहरुले थारुहरुमाथि आक्रमण गरेका थिए ।
