वाहुन र क्षेत्री संयुक्त संघर्ष समितिका संयोजक प्रा. डा. दिलबहादुर क्षेत्रीले आदिवासी जनजाति र दलितलाई अधिकार प्राप्त हुने गरी प्रदेश निर्माण गर्न नहुने तर क्षत्री बाहुन दशनामी ठकुरीलगायतलाई जातीय पहिचान दिनुपर्ने माग गरेका छन् । समितिले वैशाख २६ गते काठमाडौं खुलामन्चबाट शुरु गरेको र्यालीको शुभारम्भ गर्दै उनले क्षेत्री वाहुनलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गरे ।
जातीय आधारको आरक्षण र समावेशिताको विरोध गर्दै आएका क्षेत्री र वाहुनहरुले आफूहरुलाई भने जातीय पहिचान दिन जोडदार माग गर्दै आएका छन् ।
समितिले आधुनिक नेपालको निर्माण हुनुअघिदेखि नै नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका यी जातिको पहिचानसहितको अधिकारलाई सुनिश्चित गर्न जुलुस निकालेको हो । जुलुस जमल घण्टाघर सहिदगेट त्रिपुरेश्वर थापाथली माइतीघर हुँदै नयाबानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर समापन भएको थियो ।
