सभासद् तथा पूर्व गभर्नर डा तिलक रावलले सुदुरपश्चिम क्षेत्र विकासका दृष्टिकोणले अति पिछडिएको भू-भाग भएकाले यो क्षेत्रलाई देशका अन्य क्षेत्र सरह ल्याउन सरकारले क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने बताएका छन् । सिर्जनशील समाजद्वारा वैशाख २६ गते काठमाडौंमा आयोजित कार्यक्रममा राख्नु भएको हो । अहिलेसम्म सरकारी नीति नियमबाट नै यो क्षेत्र अन्यायमा पर्न गएको जिकिर गदै उने हरेक बर्ष रु ५ अर्व का दरले दश वर्षसम्म रकम उपलब्ध गराउनु पर्ने धारणा राखेका हुन ।
झाडा पखालावाट सयौंको ज्यान जाने विकट ठाउँमा वन्द कार्यक्रम १२ औं दिनमा प्रवेश गर्दा जनजीवन अत्यन्तै कष्टकर बनेको उल्लेख गदै रावलले राजनीतिक नेतृत्व भने झारा टार्ने र भोलीको भोटको आशले मात्र सतही वक्तव्य दिएर उम्किन खोजिरहेको आरोप लगाए ।
नेताहरुले भागवण्डामा चित्त वुझाएकाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको उनको भनाई थियो । आर्थिक दृष्टिकोणले पनि नेपाल एक हिन्दु राष्ट्र हुनुपर्नेमा उनको जोड थियो ।
गोविन्द लुँइटेल
