स्वायक्त मगरात पक्षधर जुलुस बिथोल्न खोज्ने बाहुन माफी माग्न बाध्य

Read Time:5 Minute, 56 Second

 

देब पचभैया, पाल्पा
नेपाल मगर संघले आयोजना गरेको कोणसभा बिथोल्ने नियतले माइकिङ्ग र पर्चा बाँड्दै डिह्ने वाहुन  समाज पाल्पाका कार्यकर्ताले गल्तीको महशुस गरी माफी मागेका छन् । वैशाख २५ गते तानसेनको शित्तलपाटीमा भएको मगर संघको कोणसभाभित्र छिरेर वाहुन समाज क्षेत्री समाजको प्रचारप्रसार गर्दा गल्ती भएको महशुस गरी ब्रामण समाज पाल्पाका सदस्य केशव बस्याल पुण्यप्रसाद सुबेदीलगायतले माफी मागेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा कार्यक्रम भईरहेको बेलामा भित्र छिरेर जोडले माइकिङ्ग गर्नु र जातीय भद्भाव बिथोल्नेगरि नारा लगाउनु गल्ती भएको स्कीकार गरे । हाम्रो नियत नराम्रो थिएन तर गल्ती भयो हामीले रियलाइज गरेका छौं छलफलमा बस्यालले भने ।

छलफल कार्यक्रममा ब्राहमण समाज पाल्पाका अध्यक्ष डा। नेत्रप्रसा न्यौपानेले आफूहरुको जातीय सद्भाव फैलाउनका लागि आन्दोलन भएपनि कार्यकर्ताले गल्ती गरेकोमा माफी मागे । उनले भने हामी त सबै जातजातिको समानताको पक्षमा छौं डा। न्यौपानेले भन्नुभयो कसैको कार्यक्रमभित्र पसेर कार्यक्रम बिथोल्ने हाम्रो नियत होइन गल्ती भएको महशुस गरेका छौं ।

मगरात स्वायत्त प्रदेश स्थापनाको माग गर्दै आज ार दिउशो भएको शान्तिपूर्ण दबाब र् यालीपछि भएको कोणसभामा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले सम्बोधनका क्रममा उनीहरुले  कार्यक्रम स्थलमा पुगेर माइकिङ्ग तथा प्रचा बाडेका थिए ।  

कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै मगर संघ पाल्पाले जिल्ला प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गरेपछि दुबै पक्ष बिच छलफल भएको थियो ।  घटनाको बिषयलाई लिएर मगर संघ पाल्पाले प्रेस बिज्ञप्ती निकालेर आगामी दिनमा यस्ता कुराहरु दोहोरिन नहुनेमा जोड दिएको छ । मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहाद्धारा हस्ताक्षरित बिज्ञीतीमा सबै जाति र समुदायले आफ्नो हक अधिकारको कुरा उठाउन पाउने अधिकारमाथि हस्तक्षेप गर्ने यि र यस्ता कार्यले जातिय सद्भाब बिगार्न प्रेरित गर्ने हुनाले सबैलाई सचेत हुन आग्रह गरिएको छ ।

यसैवीच मगराँत्त स्वायत्त प्रदेशको माग गद पाल्पामा बृहत दबाबमुलक र्याली सम्पन्न भएको छ ।  नेपाल मगर संघ पाल्पाको आयोजनामा वैशाख २५ गते भएको दबाब मुलक र्यालीले तानसेन बजारको परिक्रममा गरी शित्तल पार्टीमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्ने बक्ताहरुले पाल्पालाई मगरात स्वायक्त प्रदेशको घोषणा गरी त्यसको राजधानी पाल्पामै हुनुपर्नेमा जोड दिएका छन् । मगराँत नामाकरण  ऐतिहाशिक पहिचान भएकाले मगर प्रदेश मगरको मात्रै नभई सबै जातिको भएको उनीहरुले बताएका छन् ।

पाल्पालाई मगराँत स्वायक्त प्रदेश घोषणा गर पाल्पालाई संघियराज्यको राजधानी बनाउ लगाएतका प्लेकार्ड बोकेर मगर सस्कृति झल्कने पोशाक सहित सयौ मगर तथा गैरमगरहरुको कार्यक्रममा सहभागिता रहेको थियो । हरेक सरकारी निकायमा जातिय आधारमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न उनीहरुले माग गरेका छन् । पाल्पा लगाएतका जिल्ला क्षेत्रगाउ टोलको समेत मगरभाषामा नामाकरण भएपनि त्याहा बस्ने सबै जातिले आफ्नो स्थानको गौरब गरेको बताउदै उनीहरुले मगरात हुदैमा अरु जातिलाई कुनै असर नपर्ने बताएका छन् ।

कार्यक्रमलाई संबोधन गर्दे नेपाल मगरसंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले मगराँत स्वायत प्रदेशमा मगरको मात्रै रजाई हुने भ्रम फैलाएर ऐतिहाशिक पहिचानलाई नामेट गर्ने चलखेल भैरहेको बताए । मगर तथा आदिबासि जनजातिहरुको धर्म भाषा सस्कृति र पहिचानलाई आक्रमण गर्दे हिजोको राज्य सक्ताले एकात्मक राज्य प्रणाली लादेको हुनाले मगरहरुपछि उनको भनाई थियो ।

कार्यक्रममा मगरसंघ पाल्पाका सल्लाहकारहरु डोलख रास्कोटी अजय कर्माचार्य केहरसिह  राना ओम बहादुर घर्ती लगाएतले एक भाषा एक धर्म जबरजस्ती लागु गरेर हिजोको राज्यसत्ाुाले आदिबासी जनजातिको पहिचान खोसेको आरोप लगाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %