‘जातीय पहिचान सहितकै संघीयता चाहिन्छ’

Read Time:1 Minute, 17 Second

राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापाले पहिचान सहितको संघीयता आवश्यक भएको धारणा राखेका छन् । सो पार्टीले काठमाडौंमा आयोजना गरेको संघीयता विरोधी जनप्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेपाली जनताको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उपाध्यक्ष थापाको भनाई थियो ।
 
त्रिपुरेश्वरदेखि नयाँबानेश्वरसम्म गरिएको प्रर्दशनपछि बोल्दै जनमुक्तिका अर्का उपाध्यक्ष तीर्थ राईले राज्यको हरेक निकार्यमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सहितको संविधान आवश्यक पर्ने उल्लेख गरे । जेठ १४ गते भित्रै संविधान जारी गर्नुपर्ने नेता राईले कार्यक्रममा बताए ।  
कार्यक्रममा संघीय परिषद सदस्यद्वय बलदीप राई र रामु परियारले पनि सम्बोधन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %