संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलेसंगठन विस्तारको क्रममा कास्कीमा अरुणकुमार लिम्बुको अध्यक्षतामा नौ सदस्यीय कास्की तमुवान राज्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मानबहादुर लिम्बु, सचिवमा गजेन्द्र लिम्बु, कोषाध्यक्षमा प्रेमकुमार लिम्बु, सदस्यहरुमा दिपेश लिम्बु, उषा लिम्बु, माइकल लिम्बु, नरमाया लिम्बु र सुर्य लिम्बु रहेका छन् ।
यसैगरी समितिको सल्लाहकार संयोजकमा नरेन्द्र प्रसाद लिम्बु चयन भएका छन् । उक्त अवसरमा संघीय परिषदका अध्यक्ष कुमार लिङ्देनमिराकले प्रशिक्षण दिएका थिए ।
हुम तमु, पोखरा
