बिके राना
ब्राह्मण- क्षत्रीहरु अन्तराष्ट्रिय श्रम संगठनको वडापत्र नम्बर १६९ को विभिन्न ४४ धारा मद्ध्य कुनै धाराको पनि सिमा र परिधि भित्र नपर्ने भएकाले आदिवासी जनजाति होइननआज लेख्नै पर्ने भो । के गर्ने त नलेखी नहुने भो । कुरा त्यस्तै पर्यो र नलेखी धरै पाइएन । काठमाडौँबाट नागरिक दैनिकले एउटा समाचारमा लखेको छ चुरेभावर राष्ट्रिय एकता पार्टीले मुलुकको आधा जननसङ्ख्या भएका मुख्य जातिहरुलाई ७ दिनभित्र आदिवासी जनजातिको सूचीमा राख्न माग गरेको छ । ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीलाई ७ दिनभित्र आदिबासी जनजातिमा सूचीकृत नगरे आमहड्तालमा उत्रने चेतावनी उसले दिएको छ ।
यसमा कुरो के हो भने ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीहरु नेपालका आधा जनसङ्ख्या भएका मुख्य जातिहरु भनिनु नेपाल सरकारको तथ्यांक विभागको तथ्यांकलाइ मिथ्यांक सिद्ध गर्न खोज्नु हो किनभने ब्राह्मण, क्षत्री, ठकुरी र दशनामी लगायत तथाकथित मुख्य वा माथिल्लो जात भनिनेहरु बढीमा जम्माजम्मी ३६.५६ % मात्र छन भने कसरी आधा जनसंख्या हुन् सक्छ यो समूह बरु यो तथाकथित मुख्य वा माथिल्लो जात भनिनेहरु भन्दा त आदिवासी जनजातिहरु एकमुष्ट ३७ .३८ % ले ठुला छन यसमा दलितहरु २१ .७९ % र मुसलमान लगायत अन्य ४ .२७ % समेतलाइ पनि जोड्ने हो भने कुल जनसंख्याको ६३.४५% जनता विकासको मूलाधारमा आउनबाट बन्चितिकरण मा पारिएका छन वा वन्चित गरिएका छन .
समाचार पत्र वा पत्रपत्रिकाहरुले एक पक्षको मात्र कुरा लेख्न थाले भने त्यो समाचार पत्र वा पत्रिकालाइ भोलि गएर आदिवासी जनजातिहरुले वहिस्कार नगर्लान भन्न सकिन्न । एक समूह मात्रको पक्षपोषण भएमा त्यस्तो अखबारलाइ आदिवासी जनजातिहरुले विज्ञापन नाकावन्दी लगाउदैनन भन्न पनि सकिन्न .
अब कुरा के हो भने आजै पोखरामा तमु यूवा अर्थात तमुवानका निम्ति तेत्त्रो विशाल सभा भो, हामीले यहाँबाट लाइभ नै हेर्यौं . घन्टौ सम्म तर त्यसको सो नागरिक दैनिकले अहिलेसम्म कुनै रिपोर्टिंग गरेको छैन प्रतिक्षामा छौ . कस्तो रिपोर्टिंग गर्दो रहेछ भनेर . अर्को शव्दमा भन्नु पर्दा पत्रपत्रिका वा पुरै नेपाली संचार जगतमा अझै पनि पंचायती धग्धंगी गएको छैन जस्तो छ त्यो पंचायती धग्धंगी कायमै रहेको छर्लंग देखियो .
अब सिधा कुरा खस्रो कुरा के भने – ब्राह्मण क्षत्रीहरुलाई आदिवासी जनजातिमा राख्न मिल्दैन . यो ढंगले सरकारका सामु माग राखिनु कुनै पनि हिसाबले ठीक छैन . यो संविधान ल्याउन नदिने बेतुकको बखेडावाजी मात्र हो भन्ने सबैले बुझेकै कुरा हो । यसले त्यो सुन्दर हिमाली मुलुकलाई द्वन्द र भिडन्तको दिशातिर अरु अग्रशर गराउछ, जुन कुनै हालतमा ठीक हुदै होइन । सरोकारवालाहरुले यसबारेमा विचार गर्ने नै छन ।
ब्राह्मण-क्षत्रीहरु अन्तराष्ट्रिय श्रम संगठन [ILO] को वडापत्र नम्बर १६९ को विभिन्न ४४ धारा मद्ध्य कुनै धाराको पनि सिमा र परिधि भित्र पर्दै पर्दैनन् । नेपालमा झन्डै ९० प्रतिशत ब्राह्मण-क्षत्रीहरुको एउटै कुराले, अर्थात राष्ट्रिय श्रोत र साधन माथि उनीहरुको सैयौ वर्ष देखिको अनवरत कब्ब्जाले नै उनीहरुलाई जनजाति हुनबाट ड्याम्मै छेक्छ । उनीहरु राष्ट्रिय जीवनमा कहिँ कतै पछि नपरेका कारण उनीहरु जनजाति कहलाइनका निम्ति विल्कुलै अयोग्य छन् । साथै तत्कालिन श्री ५ को सरकारले २०५८ साल माघ २५ गते प्रकाशित गरेको राजपत्र भाग – २ , खण्ड ५१ अतिरिक्त अंक ६७ ले नै स्पस्ट गरेको छ – नेपालमा को को जनजाति हुन् र को चाहिँ होइनन भनेर ।यसबाहेक विक्रम सम्बत ४२८ को थानकोट आदिनारायण को राजा वशन्तदेवको अभिलेखलाइ टेकेर ब्राह्मण-क्षत्रीहरुले आफुलाई आदिवासी वा जनजातिमा दरिनामा वा राखिनका निम्ति यो दावी गरेका हुन भने हो भने त्यो झन सरासर गलत हो । किनभने त्यो अभिलेखले नेपालका ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीहरु आदिलाई आदिवासी भएका प्रमाणित गर्दैन उल्टै आप्रवाशी भएको सिद्ध गर्दछ । जो आदिवासी होइन त्यो, माथि भनिएको २०५८ को राजपत्रमा प्रकाशित सूचना वा कानून वमोजिम अनुसार पनि जनजाति हुन् सक्दैन । हो त्यो विक्रम सम्बत ४२८ को थानकोट आदिनारायण को राजा वशन्तदेवको अभिलेखको पाचौं हरफमा जयपल्लिकाग्रामे नि[वासोप्ग]तान व्राहमणपुरस्स अवस्य नै लेखिएको छ । यसमा उल्लेख भएको व्राहमणपुरस्स भन्ने शव्दले त्यसबेला थानकोटतिर व्राहमणहरु वसोवास गर्दा रहेछन भन्ने प्रमाणित गर्दछ । यसमा कुनै सन्देह छैन ।तर माथि भनिएको त्यहिँ थानकोटको अभिलेखको १९ सौ र २० सौ हरफहरुमा – “तदेत्स्मिन्ग्रामे ये प्रविष्टा: प्रविविक्षवश्च व्राहमणप्रधाना: साष्टादश प्रक्रिताय्स्तेशामत्र …” आदि लेखिएको छ । यो तदेत्स्मिन्ग्रामे ये प्रविष्टा: प्रविविक्षवश्च व्राहमणप्रधाना:” मा भएको व्राहमणहरु तदेत्स्मिन्ग्रामे ये प्रविष्टा:” ले पछि प्रवेश गरेका हुन भन्ने स्पस्ट गर्दछ । त्यसैले थानकोटतिर व्राहमणजनहरु पछि आउने आप्रवाशी थिए । यसमा कुनै संशय छदै त छैन ।
अब यस बाहेक अर्को कुन कुराले व्राहमणजनहरु नेपालका आदिवासी वा जनजाति त ? निश्चय नै शेर्पाहरु नेपाल निक्कै पछि १६रौ शताव्दीतिर मात्र प्रवेश गरेका हुन । तर , व्राहमणजनहरु नेपालका आदिवासी वा जनजाति हुदै नभएको कुरालाई बखेडाबाजीको भाँडो बनाएको मिलेन । हो, एउटा कुरा कि नेपालका ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीहरु नेपालमा बस्न पाउने वा नपाउने त ? पाउने किन नपाउने नि । उनीहरुको ऐतिहासिक थातथलो नभएकाले वा त्यस बारेमा खुट्याउन नसकिने भएबाट उनीहरुको आफ्नै जाति नामको प्रदेश बनाउने सम्भावना नभएपनि उनीहरुको आफ्नो ठाउ कहाँ त ? नेपालबाट उनीहरुलाई बाहिर कहाँ पठाउने त ? मिल्छ त यो कुरा ? अहं मिल्दै मिल्दैन, उनीहरुले पनि नेपालमा धेरै पहिलेदेखि जन्मदै रहदै बस्दै आएका छन ।
त्यसैले आजको स्थितिमा उनीहरुको जन्मथलो पनि नेपाल नै भएकाले उनीहरुलाई पनि मिल्ने गरी कुराहरु अघि बढाइनु आवश्यक छ । एउटा सहमतिको वातावरण बन्नु आवश्यक छ । नानाथरी तिकडम र पत्रपत्रिकामा आएको यस प्रकारको प्रचारवाजीले कसैलाई पनि फाइदा गर्दैन .
-राना मगर हार्ड वार्ड बिस्वबिद्यालयका प्रोफेस्सर हुन_