प्रतिगमनकारीसँग भिड्न थारु संघर्ष समिति

Read Time:1 Minute, 36 Second

 

आदिवासी जनजातिलाई अधिकार दिनु हुँदैन भनेर सुदुरपश्चिमको नाममा प्रतिगमनकारीहरु सल्बलाएपछि थारुहरुले संघर्ष समिति गठन गरेको छ । थारु लगायतका आदिवासी जनजाति र दलितहरुलाई अधिकार दिनै हुँदैन भनेर प्रतिगामीहरुले पश्चिम नेपालमा कथित आन्दोलन गरेपछि थारुहरुले चैत १७ गते संघर्ष समिति गठन गरेको हो ।

थारुहरुको जातीय संस्था थारु कल्याणकारिणीसभाको संयोजकत्वमा गठित संघर्ष समितिमा २५ भन्दा बढी थारुसम्बद्ध संघसंस्था छन् । संघर्ष समितिमा थारु राष्ट्रिय मुक्तिमोर्चा पनि सहभागी छ ।  माओवादीबाटै मन्त्री बनेका लेखराज भट्टले भने क्षेत्री वाहुनको अधिकारका लागि भन्दै सुदुर पश्चिमलाई टुक्राउन नहुने केटौले तर्क गर्दै हिँडेका छन् ।

सुदुरपश्चिमको नाममा गरिएको तथाकथित आन्दोलनमा थारुहरुलाई रिक्सा चलाएर खान समेत रोक लगाएपछि संठगित हुनुपरेको कल्याणकारिणीसभाका चन्द्र थारुले बताए । आफूहरुले संघीयता विरोधी तत्वको विरोधमा वैशाख १८ गतेबात गाउँ गाउँमा जनपरिचालन गरिने समेत उनले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %