संघीय सदभावनामा झा

Read Time:48 Second

सङ्घीय सद्भावना पार्टीको अध्यक्षमा अनिल झा चयन भएका छन् । वीरगंजमा सम्पन्न सो पार्टीको प्रथम अधिवेशनले झालाई आगामी चार वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष झाले पहिचान सहितको संघीयता विनाको संविधान अस्विकार्य हुने बताएका छन् । उनले दलहरुको आपसी सहमतिमा सङ्घीयता अन्तर्गत प्रदेशहरु बनाउनुपर्ने सुझाव दिएका छन् ।

संघीय सदभावना पार्टी गतवर्ष सदभावना पार्टीबाट विभाजित भएर गठन भएको हो । संघीयता र समावेशिताका पक्षधर सो पार्टीका चार सभासद रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %