नेपाल आदिवासी जनजाति महासंघले आगामी जेठ १, २ र ३ गते नेपाल बन्द आव्हान गरेको छ । २०६९ जेठ १४ गते भित्र जातीय पहिचान सहितको संविधान जारी हुनुपर्ने माग राखेर आफुहरुले आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष राजकुमार लेखीले बताएका छन् ।
महासंघको १० बुँदे माग
१. संकटकाल लगाएर संविधानसभाको म्याद थप्ने वा संविधान जारी गर्ने कार्य नगरियोस ।
२. अधुरो अपुरो संक्षीप्त जारी नगरियोस ।
३. जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना सुनिश्चित गरियोस ।
४. आदिवासी जनजातिहरुसंग गरिएको संझौत कार्यन्वयन गरियोस ।
५ सविधानसभा राज्य पुनसंरचना समितिले जातिय पहिचानको आधारमा प्रस्तावित प्रदेशको संख्या नघटाईयोस ।
६. आदिवासी जनजातिको स्वशासन, आत्मनिर्णयको अधिकार सुनिश्चित गरियोस ।
७. आईएलओ १६९ र यूएन ड्रिप कार्यन्वयन सुनिश्चित गरियोस ।
८. अल्पसंख्या सिमन्तकृत आदिवासी जनजाति अधिकार सुननिश्चित गरियोस ।
९. आदिवासी\जनजाति, महिला र युवा अधिकार सुनिश्चित गरियोस ।
१०. समावेशी शिक्षाको व्यवस्था सुनिश्चित गरियोस
आन्दोलनका कार्यक्रम
६९ वैशाख १५–२० गते पर्चा अपिल वितरण सवै जिल्ला र गविसहरु
०६९ वैशाख २०–२९ गते देशव्यापी विरोधसभा मार्फत भण्डाफोर अभियान सवै जिल्ला र गविसहरु
०६९ वैशाख ३० गते मसाल जुलुस सवै जिल्ला र गविसहरु
०६९ जेठ १, २ र ३ गते नेपाल वन्द, आमहडताल
०६९ जेठ ५,६ र ७ गते आदिवासी जनजाति राष्ट्रिय राजनितिक सम्मेलन काठमाडौं
०६९ जेठ ८–१४ गते सम्म संविधानसभा भवन अगाडी निरन्तर धर्ना र घेराउ
