चण्डी प्रा.वि सल्यानमा पुर्ण छात्रवृति सहित वोर्डिङ स्तरको कक्षा सुरु

Read Time:1 Minute, 59 Second

विनोद रखाली मगर

श्री चण्डी प्रा.वि पिडीखोला सल्यान गांउमा यो वर्ष देखी वाहिर गांउवाट अध्ययन गर्न आउने विधार्थीहरुका लागी पूर्ण छात्रवृति सहित अङग्रेजी माध्यममा पढाइ हुने भएको छ । गत वर्ष देखी सुरु भएको अङग्रेजी माध्यमको कक्षा मा नेपाली विषय वाहेक सवै विषय अङग्रेजीमा अध्यापन हुदै आएको विधालयका प्रध्यानध्यापक थान वहादुर थापा मगरले जानकारी दिनुभएको छ । 

 थापाका अनुसार सल्यान गांउ वाहिर वाट अध्ययनका लागी आउने विधार्थीहरुका लागी विभिन्न प्याकेज सहितको सेवा सुविधा दिइने छ जस अन्तरगत सर्ट,पाइन्ट,फ्रक,सुज,टाइ,वेल्ट,व्याग, अध्ययन अवधि सम्मको लागी, १ वर्ष सम्मको कापी,किताव,कलम लगाएतका शैक्षिक सुविधाहरु निशुल्क उपलव्ध गराउने वताउनुभयो ।

शैक्षिक गुणस्तर उकास्न र विधार्थी भर्ना सङख्या वढाउनका लागी यस्तो कदम चालीएको विधालयले जनाएको छ  । छिमेकी  वरीपरीका वालवालीका हरुलाई भर्ना गरी गुणस्तरको शिक्षा प्रदान गर्ने अवशरको लागी विधालय परीवारले अभिभावकहरु संग आग्रह गरेका छन् ।

स्मरण रहोस् नेपाल सरकार र जाइका ले ग्रामिण भेगमा वालवालीकाहरुको शैक्षिक रुचि वढाउन विभिन्न सेवा र सुविधा जस्तै खाजाको व्यवस्था,सरसफाइ सामाग्रीहरु,प्राथमिक उपचार सेवा लगाएतका सुविधाहरु यस अघिनै ल्याइसकेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %