लिम्बुवानको संयुक्त निर्णायक आन्दोलन घोषणा हुँदै:

Read Time:4 Minute, 38 Second
 
‘लिम्बुवान राज्य’ लेख्नेदेखि संविधान च्यात्ने र राज्यसरकार घोषणा गर्नेसम्मको तयारी

काठमाडौँ , नेवा: बैशाख ११, २०६९ (अप्रिल २३, २०१२)/
नेपालका संघीयता तथा जातीय स्वायत्तता बिरोधी एकात्मकवादीहरूले संघीयता र जातीय पहिचान वा ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवानलगायतका राज्यहरू हुन नदिने षडयन्त्र गरिरहेको बेला गठन भएको संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिले यही बैशाख १२ (अप्रिल २४) गते काठमाडौँमा संयुक्त निर्णायक  आन्दोलनको घोषणा गर्दैछ |
 
संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिले प्रधानमन्त्रीलगायत निर्णायक दलका प्रमुख नेताहरुलाई लिम्बुवान सुनिश्चितताका लागि आग्रह र चेतावनीसमेतको ज्ञापनपत्र दिएपछि थप निर्णायक आन्दोलनको तय गर्न बैशाख ११ गते चुम्लुङहिम ललितपुरमा लिम्बुवान संघर्ष समितिको विशेष बैठक भएको थियो | समितिका संयोजक बिजय सुब्बाको सभाध्यक्षता तथा सचिवहरू नन्द कन्दङ्वा, खगेन्द्र माखिम र प्रवीण नेम्बाङ्को संचालनमा सम्पन्न यस बैठकमा लिम्बुवानका सबै दलका नेतृत्व, सभासद र स्वतन्त्र बुद्दिजीबी तथा  किरात याक्थुङ् चुम्लुङ्का पदाधिकारीहरुको सहभागिता रहेको थियो | 
 
बैठकमा, लिम्बुवान संघर्ष समितिको अवधारणा, लिनुपर्ने रणनीति तथा आन्दोलनको खाका तय गर्न मिहिन र बिस्तृत छलफल गरिएको थियो | यस संघर्ष समितिले लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चीताताका लागि लिम्बुवानका सबै सार्वजनिक सरकारी कार्यालय र यातायातका साधनमा “लिम्बुवान राज्य” लेख्नेदेखि राँके जुलुस गर्ने, लिम्बुवान राज्य नभएको संविधान च्यात्ने, आमसभा र आमहड्ताल गर्ने तथा आफ्नै राज्य सरकार घोषणा गरी संचालन गर्नेसम्मको आन्दोलन तय गरेको छ |
यो बैठकमा माननीय अर्थ राज्य मन्त्रि हरिराज खेवा, पूर्व मन्त्रि पूर्णकुमार शेर्माले आफ्नो बुझाई र रणनीतिक धारणाहरु राख्नुभएको थियो | साथै, सभासद्हरू मा. पाशाङ शेर्पा, मा. पदमलाल विश्वकर्मा, मा. डम्बर सम्बाहाङफे, मा. ध्रुव आङदेम्बे, मा. विश्वदीप लिङदेन, मा. लीला सुब्बा, मा. तुलसी सुब्बा, मा. डम्बरधोज तुम्बाहाङफे  र मा. सीता गुरुङले आफ्नो धारणा र सुझाबहरू राख्नुभएको थियो |
 
लिम्बुवान संघर्ष समितिको यो विशेष बैठकलाई त्रिभूवन विश्वाबिध्यालयका प्राध्यापक बालकृष्ण माबुहाङ्, किरात याक्थुङ् चुम्लुङ्का पूर्ब अध्यक्ष अर्जुन नुगो, वर्तमान अध्यक्ष उत्तमसिङ् थाङ्देन; र स्वतन्त्र बुद्धिजीबीहरू डम्बर तेम्बे, खगेन्द्र जबेगू, नारायण निङ्लेकूलगायतले सहजीकरण गर्नुभएको थियो |
 
संघर्ष समितिद्वारा लिम्बुवान स्वायत्त राज्यको संबैधानिक सुनिश्चितताका लागि निर्णित उक्त आन्दोलनको कार्यक्रमहरूलाई यही २०६९ बैशाख १२  (अप्रिल २४) गते दिनको २:०० बजेबाट काठमाडौँ को रिपोर्टर्स क्लब पुतलीसडकमा पत्रकारसम्मेलन गरी सबै लिम्बुवानजन्य संगठनका नेतृत्व, समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा संयुक्त्त रुपले घोषणा गरिंदैछ |
 
– डीबी आङ्बुङ लिम्बू,
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %