सम्पूर्ण मगर जातिको हकहितका निम्ति नेपाल लगायत विश्वका अन्य विभिन्न देशहरुमा स्थापना गरिएका वा अस्तित्वमा रहेका संघसंस्थाहरु विच मगर जातिको पहिचान, धर्म, संस्कृति, भाषाका तथा अन्य जरुरी सवालहरुमा छलफल गराउने उद्देश्यले बोस्टन मगर समाज द्वारा यहि आगामी अप्रिल २२ तारिख आईतबारका दिन अपरान्ह ३ बजे स्काइप भिडियो मार्फत छलफलको आयोजना गर्न लागिएको समचार प्राप्त भएको छ ।
सो छलफलमा काठमाण्डौ, हंगकंग, यू के, साउदि अरेबिया लगाएत अमेरिकाको बोस्टन शहरमा बस्ने मगरहरुबाट समेतले भाग लिने जनाइएको छ । छलफलमा भाग लिने बक्ताहरुले आ-आफ्ना प्रतिनिधी संस्था बाट प्रतेकले आफ्नो कुरा २० मिनेटमा बोली सक्नु पर्ने, त्यस पछि लगतै छलफल सुरुहुने जनाइएको छ । सो छलफलमा नेपाल मगर संघ केन्द्रिय समितीका बारेमा र नेपाल मगर संघको केन्द्रिय भवनको बारेमा पनि छलफल हुने विशेष सुत्र बाट जानकारी प्राप्त भएको छ । स्मरण रहोस् नेपाल मगर संघको दशौ महाधिबेशनमा मलेसीयाको मगर संघ लार्इ बाहेक अन्य मुलुकको मगर संघका प्रतिनिधीहरुलार्इ भाग लिन बाट बञ्चित गरिएको थियो, जस्मा भवन खरिद गर्दा जापान, हंगकंग, बेलायत, र मकाउ कार्यरत मगरहरु बाट लगभग ५० लाख रुपैया संकलन गरि पठार्इएको थियो ।
