जनजाति, महिला र दलितद्धारा गा.वि.स.मा लगाइएको ताला खुल्यो

Read Time:2 Minute, 24 Second

बैसाख ५,गैंडाकोट ।
 नेपाल आदिवासी जनजाति महासंघ,दलित सेवा समाज,नेपाल आदिवासी जनजाति महिला महासंघ र दलित एकता महिला समूह गैंडाकोटले गैंडाकोट आदर्श गा.वि.स.को कार्यालयमा विगत एक हप्ता अगाडि देखि लगाएको ताला सोमबार खुलेको छ ।
    प्रमुख दलका प्रतिनिधि,नेपाल आदिबासी जनजाति महासंघ गैंडाकोट समन्वय समिति,दलित एकता समाज तथा नागरिक समाज गैंडाकोटका प्रतिनिधिको उपस्थितिमा भएको बार्तामा सहमति जुटेपछि ताला खोलिएको हो ।
    
यही बैशाख १० गते गा.वि.सको कार्यालयमा परिषद बैठक बोलाएर थप एक खरिदार पदको सिर्जना गरी तारामाया पुलामी मगर र एकराज सुवेदीलाई नियुक्ती गर्ने सहमति भएपछि ताला खोलिएको यस आन्दोलनका अगुवा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवं राजनैतिक दलका प्रतिनिधि चीनबहादुर सारु मगरले जानकारी दिए ।
    त्यसैगरी आगामी दिनमा स्थानीय तहमा गा.वि.स.ले आहृवान गर्ने दरबन्दीमा पूर्ण समानुपातिक,समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा महिला,दलित,आदिबासी जनजातिका मागहरुलाई सम्बन्धित पक्षले १० गतेको गा.वि.स.परिषदमा राख्ने निर्णय गरिएको छ । १० गते सम्ममा पनि आफूहरुको माग पुरा नभए थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने नेपाल आदिबासी जनजाति महासंघ गैंडाकोटका अध्यक्ष टकबहादुर थापा मगरले बताएको छ ।
    गा.वि.स.मा गत चैत २० गते खुलेको खरिदार पदमा विकट ढोडेनी गाऊँकी जनजाति महिलालाई नियम संगत नियुक्त नगरेको विरोधमा उनीहरुले संघर्षको कार्यक्रम स्वरुप तालाबन्दी गरेका थिए । यस वीचमा बार्ताको प्रयास भएतापनि सफल हुन सकेको थिएन ।

देवन्द्र सारु मगर चितवन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %