गत विहीबार त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर, डीइसीसी हलमा आयोजित एक सम्मान समारोहबीच यस पटकको जीतवहादुर सींजाली मगर साहित्य पुरस्कार ( जीवसीम साहित्य पुरस्कार) प्रथम मगर महिला उपन्यासकार श्रीमती फुलकुमारी थापा मगर र अठार मगर भाषामा ङा ङकष्टला यम्र (संघर्षका दिनहरु) कविता संग्रहकी युवा लेखिका इर्धासी झाँक्री मगरलाई सम्मान गरिएको छ । मगर साहित्यमा उत्कृष्ट कृति सिर्जना सहित योगदान पु¥याउने श्रष्टालाई प्रदान गरिदैं आएको रु. ३०,००० नगद राशीको जीबसीम साहित्य पुरस्कार–२०६७, यस बर्ष मगर महिला साहित्यकारलाई प्रदान गर्ने निर्णय अनुसार मगर उपन्यास ईटन लेसा मास्टोकूूङ् कथा र व्यथा–२०५९ (यस्तै रहेछ महिलाहरुको कथा र व्यथा) मगर महिला प्रथम उपन्यासकार श्रीमती फुलकुमारी थापा मगर र बेलायत निवासी दुतबहादुर गर्बुजा पुन मगर (चिमखोले काइँला) द्धारा स्थापित रु. ५,००० नगद राशीको जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६७, अठार मगर भाषामा ङा ङकष्टला यम्र (संघर्षका दिनहरु) कविता संग्रह लेखिका इर्धासी झाँक्री मगरलाई पुरस्कार वितरण समारोह काठमाडौंमा प्रमुख अतिथी श्रम, यातायात तथा व्यवस्थापन मन्त्री एम. एस. थापा मगरज्यूले प्रदान गर्नुभएको थियो ।

पुरस्कृत थापा मगरको हर्कमानो सपना शिर्षक कविता चर्चित छ । फुटकर कथा, कविता लेख्नुका साथै मगर संघ संस्थामा आवद्ध रहि समाजसेवामा संलग्न छिन् । झाँक्री मगरले फुटकर कथा, कविता लेखिरहेका छन् । मगर लेखक संघका उपाध्यक्ष्को जिम्मेवारी सम्हालिरहेकी छिन् साथमा पत्रकारिता क्षेत्रमा पनि संलग्न छिन् ।
पुरस्कार वितरण समारोहमा विशेष अतिथी नेपाल मगर महिला संघका अध्यक्ष गंगा खासु मगर, अतिथीहरुमा नेपाल मगर संघ, अठार मगर भाषा, उपाधयक्ष कर्ण मगर, नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा विभाग प्रमुख प्राज्ञ सुलोचना मानन्धर, नेपाल मगर विद्यार्थी संघ अध्यक्ष, रेनुका काउचा मगर, प्राज्ञ सभा सदस्य माया ठकुरीले पुरस्कृत व्यक्तित्व वारे बोल्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानले हरेक बर्ष रु. ५,००० थप्दै पुरस्कार राशी वृद्धि गरेको छ ।
