स्पेन अप्रेल १२,२०१२
घांस काट्न जाँदा रुख बाट लडेर गंभिर घाईते भएकी तनहु जिल्ला, भिरकोट गाबिस वार्ड नं ६ बस्ने निवासी पदम बहादुर थापा मगरकी छोरी (बर्ष १२) नरी मायां थापा मगरको उपचारार्थ स्पेनबाट २६,००० रुपैया सहयोग गरिएकोछ । हाल पोखरा चरक अस्पतालमा सफल उपचार गराई खतरा मुक्त भई डिस्चार्ज भएता पनि ने रु ६०,००० हजार रुपैयाको अभावले भुक्तानि गर्न असमर्थ भएका उनको परिवारको दुख देखेर विद्यार्थी बिनोद रखाली मगरले नागरिकता र काम गर्ने कार्यालयको परिचय पत्र धितो राखि बिमारी लाई डिस्चार्ज गराएकाथिए ।
यसै समचारको आधारमा मगर संघ स्पेनको अगुवाई र अध्यक्ष बुद्ध थापा मगरको संयोजकत्वमा आर्थिक मन्दी बढेको भएतापनि स्पेनको बिभिन्न ठाउंमा रहेका नेपालीहरुले उक्त सहयोग गरेका हुन् यो रकम नेपाल मगर विद्यार्थी संघ कास्कीको १३औ सम्मेलनको छेक पारि (२८ चैत्र) नरी मायाको परीवार लाई हस्तान्तर्ण गर्ने कार्यक्रम रहेको भएता पनि पोखरा स्थित बिश्व बिकास बैंकले समयमै रकम उपलब्ध गराउंन नसक्दा बिमारीले सोही दिन प्राप्त गर्न सकिनन् । बिनोद रखाली मगरको जानकारी अनुसार बिदेशको बिभिन्न ठाउंबाट रकम प्राप्त भै रहेकोले निकट भबिश्यमा छिटै दिने टेलिफोन बाट जानकारि दिए ।

सहयोग गर्ने दाताहरुको नामावली ः
भवानी बिक्रम नेम्बाङ्ग पांचथर ,खर्क प्रशाद पुन मगर बाग्लुुङ्ग ,नन्द थापा मगर पाल्पा , दल राना मगर पाल्पा , हुम बहादुर थापा मगर पाल्पा (भुपु अध्यक्ष मगर संघ हंगकंग) , धन घले बारपाक,र्गोखा, तुल बहादुर आले मगर स्यांजा (हाल फिन्लैण्ड) , गोपाल प्रशाद पौडेल कास्की, पोखरा , दिपेन्द्र राम्जाली मगर तनहु ,लक्ष्मर्ण आले मगर पाल्पा ,किशान थापा मगर र्गोखा , डोल राज राना मगर कपिलबस्तु ,दिनेश थापा मगर कपिलबस्तु , सुनिल थापा मगर रुपन्देही ,बुद्ध थापा मगर पाल्पा (अधक्ष मगर संघ स्पेन) , मिनम दरलामी मगर बुटवल ,रुपेश राम्जाली मगर म्याग्दी , निम बहादर कुवर मगर रोल्पा ,भरत थापा मगर रुकुम ,दिप्पल शाक्य पाल्पा हुनु हुन्छ । स्मरण रहोस नरी मायाको दाहिने हात भाँचिएको र आन्द्रा र फोक्सोमा असर परि शल्यक्रिया गर्दा घांटी देखि नाईटो मुनी सम्म चिर्नु परेको थियो ।
भैपरि आँउदा स्पेन मगर समाजले बिभीन्न शिर्षकमा सहयोग गर्दै आईरहेको छ । जस्तै नेपालमा बाढीपिडीत लाई आर्थीक सहयोग , बिश्व साईकल यात्री लाई आर्थीक सहयोग,उमेश सिं बोहोराको भोलेन्सियामा देहान्त हुदा,स्पेनमा रहेको बिभीन्न संघ सस्था लाई सहयोग पर्ुयार्एको,महेन्द्र घर्ति मगर लाई पासपोर्ट बनाउनको लागी ३०० यूरो सहयोग गरेको,स्पेन,बार्सोलोनामा आपत बिपत परेका आफ्नै मगर समुदाय हरु लाई अस्थाई गास,बास र सरसहयोग,ईत्यादीमा सहयोग गर्दै आईरहेको छ ।
(हुम बहादुर (पचभैया) थापा मगर)
स्पेन,बार्सोलोना ।
