एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा २ बर्ष अघि पुर्ब पक्षको लागी थुनामा रहेका सेनाका जवान तारा बलामीलाई जिल्ला अदालत पाल्पाले आज जन्मकैदको फैसला सुनाएको छ । २०६६ साल माघ महिनामा ठिमुरे पाल्पाकी २४ बर्षिया तुलसा घर्ती उनका छोरी सन्ध्या छोरा सन्जिब र ६३ बर्षिय तुलसाका आमा यमकुमारी बगालेको घाटी रेटेर हत्या गरेका बलामीलाई अदालतले यस्तो सजाय सुनाएको हो । चैत २६ गते जिल्ला न्यायधिस हरिसचन्द्र ढुङ्गानाको एकल ईजलासले कर्तब्य ज्यान मुदामा घटनाका मुख्य आरोपी बलामीलाई जन्म कैदको फैसला सुनाएको हो ।
पोखरा फुलबारीस्थित नयाँ गोरखगण कार्यरत सैनिक जवान बलामी घटनामा संलग्न रहेको ठहर गर्दे उनलाई जन्म कैदको फैसला सुनाएको जिल्ला न्यायधिस ढुङ्गानाले राज्यसत्ता डटकमलाई जानकारी दिए । तत्कालिन डिएसपि पवन गिरी र ईन्सपेक्टर नबिन भण्डारीले प्रयाप्त अनुसन्धान नगरेको ठहर गर्दे गृहमन्त्रालयलाई सचेत गर्न पनि फैसला सुनाएको छ । नागरिक समाज पत्रकार स्थानिय गाउँलॆको चर्को दबाबका बिच ४ महिना पछि मात्रै प्रशरीले घटनामा सेनाको संलग्नता रहेको बताएको थियो ।
हत्यारा बलामीले सोझी तुल्सा घर्तीलाई प्रेमको नाटक गरेर परिवारै सखाप परेका थिए । घटनामा संलग्न भनिएका अन्य ३ जनाको बारेमा भने केही कुरा खुलाईएको छैन । उनीहरु पनि सेनानै भएको बताईएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले बच्चा देखि ७० बर्ष सम्मका बुढापाकालाई पनि ४० दिनसम्म हिरासतमा लिएर कुटपिट गरेको थियो । अदालतको यो फैसलाले पाल्पालीहरु हर्षित भएको छन् ।
देव पचभैया पाल्पा
