उत्कृष्ट मगर विद्यार्थी समिति पुरस्कृत हुने

Read Time:2 Minute, 28 Second

 

‘मगरात स्वायत्तता सहितको अखण्ड र सम्वृद्ध नेपाल निमार्णको लागी हाम्रो आन्दोलन वैज्ञानिक व्यवहारीक र सङघीय शिक्षा प्रणालिको पक्षमा तेह्रौ १३ औँ ऐतिहासिक जिल्ला अधिवेशन’ भन्ने नाराका साथ नेपाल मगर विधार्थी संघ कास्कीको जिल्ला अधिवेशनको तयारी तिव्र पारीएको छ । चैत्र २८ गते हुने अधिवेशन सम्पन्न गर्नका लागी जिल्ला अध्यक्ष विनोद रखाली मगरको सयोंजकत्वमा विभिन्न उपसमितिहरु गठन गरी तिव्र पारीएको हो ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित गरिने अधिवेशनमा मगर समुदायमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तिहरुलाइ सम्मान समेत गरीने भएको छ । जस अन्तरगत केन्द्रीय अध्यक्ष रेणुका काउछा मगर कास्की जिल्ला मार्फत निर्वाचित केन्द्रीय सदस्यहरु पत्रकारीतामा लामो समयदेखी समर्पित मनोज घर्ती मगर समाजसेवी दानवहादुर श्रीष मगर लगाएत रहेको संघले जनाएको छ । साथै यसवर्ष उत्कृष्ट योगदान र सकि्रय सहभागिता जनाउने क्याम्पस समितिलाइ अवार्ड समेत दिइने समितिका अध्यक्ष रखाली मगरले वताए ।
 
अधिवेशनको नेपाल मगर विधार्थी संघ केन्द्रीय समितिका अध्यक्ष रेनुका काउचा मगरले उद्घाटन गर्नुहुने समितिले जनाएको छ । विस २०५१ देखि कास्कीमा मगर विद्यार्थीहरुको हक हित र अधिकारका निमिक्त संघर्ष गर्दै आएको साथै समय समयमा विविध रचनात्मक गतिविधिमार्फत आफुलाइ चिनाउदै आएको मगर विधार्थी संघ कास्कीको १३ औं अधिवेसनमा कास्की जिल्लाका १३ क्याम्पस तथा विद्यालयका करिव ९१ जना अधिवेशन प्रतिनिधिहरु रहने आयोजकले जनाएको छ । एक दिन चल्ने अधिवेशनले एक वर्ष सम्मका लागी कार्यसमिति चयन गर्ने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %