
लिम्बुवानको मुटु तेह्रथुमको मेयङलुङमा संघीय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमले चैत्र १९ गते विशाल संघीय-लिम्बुवान आमसभा सम्पन्न गर् यो ।
संविधानसभाबाट ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशी-सङ्खुवाखोला पूर्वका ९ जिल्लाहरुलाई लिम्बुवान स्वायत्त राज्य घोषणासहितको संविधान जेष्ठ १४ नै जारी गरिनुपन लगायतका मागराखी यो आमसभाको आयोजना गरिएको हो । आमसभालाई संघीय माच तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ुमिराकु एवम् अन्य केन्द्रीय नेतृत्वहरुले सम्बोधन गरेका थिए ।
जिल्ला सदरमुकाम मेयुङलुङ बजारको बसपार्कबाट केन्द्रीय नेतृत्वहरुको नेतृत्वमा साँस्कृतिक झाँकी केलाङ र संघीय-लिम्बुवानी नारावाजीसहित शुरुभएको जुलुशले मेयङ्लुङ बजार परिक्रमा गरी सभास्थल मेयङ्लुङ िसंहवाहिनी उच्च माविको प्राङ्गणमा पुगी आमसभामा परिणत भएको थियो । संघीय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमका अध्यक्ष देवनारायण सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आमसभाका प्रमुख अतिथि परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले अहिले नेपालको राजनीति एक्दमै सङ्गीन मोडमा रहेको बताउँदै संघीयता र लिम्बुवान विरोधी एकात्मकवादीहरु एक्दमै सलवलाइरहेकोले यिनीहरुको मुकाविला गर्न सम्पूर्ण संघीयवादी शक्तिहरुले गाउँदेखि शहर र केन्द्रसम्म जनदवाव सिर्जना गर्नुपर्ने बताए । उनले लिम्बुवानको इतिहासलाई सम्झँदै केही दशकको इतिहास विरासत र अस्तित्वको लागि त कैयौं सङ्घर्षहरु भइरहेका छन् भने १४ सय पुरानो लिम्बुवानी विरासत र अस्तित्वको लागि लिम्बुवानवादी जनताहरु आन्दोलित हुनु एक्दमै जायज र सान्दर्भिक भएको धारणा राखे ।
संघीयता र लिम्बुवान विरोधीहरुलाई चुनौती दिँदै यदि संघीयत र लिम्बुवान विरोधी एमाले-कांग्रेसहरुले साँच्चिकै संघीयता र लिम्बुवानलाई नमान्ने हो भने अब लिम्बुवानवासी जनताले उनीहरुलाई सधैँ मानेर लिम्बुवानमा उनीहरुलाई कार्यालय खोल्न किन दिने भन्दै अब आवश्यक परे लिम्बुवावासीहरु झण्डा मात्र नभई डण्डासमेत उठाउन बाध्यहुने समेत चेतावनी दिए । लिङदेनले आफूहरु कहिल्यै पनि लिम्बुवानमा जातीय द्वन्द्व हुन नदिने प्रतिवद्धता दोहोर् याउँदै यदि संघीयता र लिम्बुवान भएन भने यसको विरोधीहरुलाई दण्डित गर्ने र संघीयता लिम्बुवान भएपछि पनि लिम्बुवानमा जातीय हिङ्सा भएमा आफूहरु नै जिम्मेवार भई दण्डित हुन तयार हुने उल्लेख गरे ।
डिबी आङबुहाङ लिम्बु
