गौतम बुद्धको मावलीस्थल पहिचानका लागी देबदह क्षेत्रको भवानीपूरमा चैत्र-२९ गते देखि उत्खनन् कार्य शुरु हुने भएको छ । नेपाल सरकार पुरातत्व बिभागको पहलमा उत्खनन् कार्य शरु हुन लागेकेा पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । पुरातत्व सम्वन्धी केरवानीको भवानीपुरमा भएको बृहत छलफल कार्यक्रममा बोल्दै पुरातत्व अधिकृत कँुवरले गौतम बुद्धको मावलीस्थलको पुरातात्विक पहिचान नभईसकेको अवस्थामा शुरु हुन लागेको उत्खनन् कार्यले देबदह क्षेत्रको पहिचानमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए । सो अवसरमा अधिकृत कुवरले पहिलो चरणको उत्खनन् कार्य २० दिन सम्म संचालन हुने बताए ।
उत्खनन् कार्यमा ६ जना पुरात्त्व अधिकृतहरुको सहभागीता रहने जानकारी दिए । केरवानी गाबिस सचिव हरी काफ्लेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा देवदह क्षेत्र परिचय तथा विकाश समितिका अध्यक्ष निलकण्ठ पौडेल कोलीय राज्य बुद्धमावली क्षेत्र बिकाश समितीका अध्यक्ष केशव खवास, नेपाली काग्रेस केरवानीका सभापति यूनिस अलि, नेकपा एमाले केरवानीका अध्यक्ष बिरबहादुर थापा, बुद्धिराम थारु, मधेसी जनाधिकार फोरमका केशव अग्रहरी, महामया भवानी उच्च माबिका प्रार्चाय दिनानाथ अर्याल, रेडियो देबदहका तेजु अर्याल, उमानन्द भुषाल, सिता पाण्डे लगायतले बोल्दै मायादेवीको जन्म स्थल भवानीपूरमा हुने उत्खनन् कार्यमा आफूहरुले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
देबदह क्षेत्रको उत्खन्न कार्यमा राज्यले चासो देखाए पछि देबदह र केरवानी क्षेत्रका बासीहरु उत्साहित भएका छन् । यसअघि देबदहको कन्यामाईमा दुई चरणको उत्खन्न कार्य सम्पन्न भई सकेको छ ।
गोविन्द घर्ति, देवदह
