श्रम मन्त्री थापाद्वारा राष्ट्रिय युवा मोर्चाको महाधिवेशन उदघाटन

Read Time:3 Minute, 13 Second

 

गोविन्द घर्ति, बुटवल
श्रम तथा यातायात व्यवस्था मन्त्री तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले ६०१ सभासदहरुलाई केही राजनैतिक दलका नेताहरुले वन्धक बनाएका कारण शान्ति र संविधान समयमा जारी हुन नसकेको बताएका छन् ।  जनमुक्तिसम्बद्ध राष्ट्रिय युवा मोर्चाको तेश्रो राष्ट्रिय महाधिवेशनको सभालाई चैत २५ गते बुटवलमा सम्वोधन गर्दै उनले राजनैतिक दलका नेताहरुले संघीयतालाई अधुरै छोडेर संविधान जारी गर्न लागिपरेको बताए । मन्त्री थापाले कांग्रेस र एमालेले राज्य पुर्नसंरचना आयोगले दिएको सुझावलाई लत्याउदै राजनैतिक दादागिरी देखाएको आरोप लगाए ।
कार्यक्रमका अर्का वक्ता जनमुक्ति महासचिव केशव सूर्यवंशीले नक्कली संघीयता पक्षधरका कारण संघीयता खतरामा पर्दै गएको उल्लेख गरे । अहिले राजनैतिक दलका नेताहरुले देखावती रुपमा मात्र संघीयतालाई समर्थन गरेको तर वास्तविक रुपमा संघीयता नचाहेको बताए  । संघीयता विनाको संविधान जारी भए राष्ट्रिय जनमुक्ति पार्टीले सडक आन्दोलन गर्ने उनको भनाई थियो ।

राष्ट्रिय युवा मोर्चाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षता केन्द्रीय सदस्य ममता बुढाथोकीको स्वागत र महासचिव सुन्दर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा उपमहासचिवद्वय चन्द्रबहादुर श्रीस र तारा थापा स्थायी समिति सदस्य राजु परियार, संघीय परिषद सदस्य हाजी डा. मोहम्द हसन, शिव आर्चाय, टिकाराम शर्मा, नेपाल विद्यार्थीै मोर्चाका महासचिव फणेन्द्र घेले, युवा मोर्चा रुपन्देहीका अध्यक्ष दलबहादुर थापा लगायतले माओवादी सेनाको  समस्या समाधान गरेर मात्र शान्ति प्रकि्रया टुङगो नपुग्ने बताउदै जातिय मुक्ति सहितको संघीयता हुनु पर्ने बताए ।

बुटवल मडण्पबाट शुरु भएको हराजौको र् याली नगरको विभिन्न स्थानको परिक्रममा गर्दै बुटवल बहुमुखी क्यापसमा गई सभामा परिणत भएको थियो । तेश्रो राष्ट्रिय महाधिवेशनको वन्द सत्र भैरहवाको जयभवनमा संचालन हुने र महाधिवेशनमा ४० जिल्लाका करिव ५ सय प्रतिनिधिहरुको सभागिता रहेने मोर्चाका महासचिव सुन्दर गुरुङ्गले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %