बेलायतमा कि्रयाशिल दि हिमालयन अर्गनाईजेसनले श्रम तथा यातायाता व्यवस्था मन्त्री एमएस थापालाई भेटेर आफ्ना समस्या रहेका छन् । अर्गानाईजेसनका बेलायत शाखा अध्यक्ष भरत थापा मगरले चैत २३ गते सिँहदरबारस्थित कार्यकक्षमै श्रम मन्त्रीलाई भेटेर स्मरणपत्र बुझाएका हुन ।
बेलायतस्थित नेपालीहरुको समस्या सरकारमार्फत समाधान गर्न आग्रह गरिएको हो । त्यहाँका नेपालीहरुलाई बेलायतसरकारले हेर्ने दृष्टिकोण परिवर्तन सरकारी पहल आवश्यक भएको स्मरणपत्रमा उल्लेख छ ।
विदेशमा रहेका नेपालीहरुका लागि दोहोरो नागरिकताको व्यवस्था र निर्वाचनको बेलामा विद्युतीय मेशिनबाट मतदान गर्ने व्यवस्था मिलाउन समेत अध्यक्ष थापाले मन्त्री थापासँग आग्रह गरे ।
भेटमा बेलायतवासी नेपालीको तर्फबाट थापाले मन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।
