
एक सय रुपियाँको नोटमा ‘गौतमबुद्ध नेपालमा जन्मेका हुन’ भन्ने लेखिने भएको छ । सिँहदरबारमा चैत २३ गते बसेको मन्त्रीपरिषदको वैठकले लुम्बिनी भ्रमण वर्ष २०१२ लाई प्रचारप्रसार गर्ने उद्धेश्यले यस्तो निर्णय गरेको हो ।
गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्न सरकारले यस्तो निर्णय गरेको श्रम तथा यातायात व्यवस्था मन्त्री एमएस थापाले जानकारी दिए । भारत लगायत केही देशका सन्चार माध्यम र पाठ्यपुस्तकमा समेत बुद्धको जन्मस्थलबारे भ्रम सिर्जना भईरहेको बेलामा सरकारले यस्तो निर्णय गरेको हो । विश्वमा ‘लाइट अफ एसिया’ले परिचित गौतम बुद्धको विषयमा भारतमा अनेकौं अफवाह फैलाइएको छ ।
नेपालकै पाठ्यपुस्तकमा समेत गौतम बुद्धको जन्मस्थलबारे गलत तथ्य पढाइन्थ्यो ।
