नेपाल मगर महिला संघको चौथो राष्ट्रिय सम्मेलन चैत २५ गते काभ्रेमा शुरु हुँदै छ । ‘नयाँ संविधान निर्माणमा मगरात स्वयत्तता र पहिचानका लागि हाम्रो आन्दोलन, विभेद रहित पूर्णसमानुपातिक प्रतिनिधित्वको लागि नेपाल मगर महिलाको चौथौ सम्मेलन’ भन्ने मुल नारा रहेको सम्मेलनमा बनेपाको लायकु खुलामन्चमा हुने संघका अध्यक्ष गंगा खासु मगरले जानकारी दिएकी छन् ।
अध्यक्ष खासु मगरका अनुसार सम्मेलनमा ४२ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने छ । संघले राज्य पुनसंरचनामा मगरात स्वयत्तता सहित मगर महिलाको पहिचान र नीति निर्माण तहमा मगर महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, मगर महिलालाई जातीय जनसंख्या र लैंगिक आधारमा समानुपातिक प्रतिनिधित्व र नेतृत्वदायी भूमिका सुनिश्चित गर्ने पर्ने लगायतका माग राख्दै आएको छ ।
