मगर विद्यार्थी पाल्पाको सातौ अधिवेशन सम्पन्न

Read Time:1 Minute, 18 Second

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाको सातौ जिल्ला अधिवेशनले धनि सारु मगरको अध्यक्षतामा नयाँ जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रेम वगाले, सचिवमा शम्शेर सारु, सहसचिवमा झमन गाहा, कोषाध्यक्ष ओवीसरा कनौजे रहेका छन् ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय अध्यक्ष रेनुका काउचा मगर प्रमुख अतिथी रहेको कार्यक्रममा संगठन सचिब दिनेश राना, नेपाल मगर संगका केन्द्रिय सदस्य मोहन राना, सल्लाहकार हरिबहादुर सारु, वलबहादुर गाहा, लालकुमारी राना, दोलख रासकोटी, अचल सचिब दर्गा ढेँगाले मन्तब्य ब्यक्त  गरेका थिए ।

यसैवीच कार्यक्रममा तीन उत्कृष्ट मगर विद्यार्थीलाई कक्षा ११ र १२ मा राम्रो अंक ल्याए वापत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा पुनम राना, युवबहादुर गाहा र रोश्नी राना रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %