दलित नेताहरु गैरभौगोलिक संघीयताको विपक्षमा

Read Time:2 Minute, 0 Second

एमाओवादीसम्बद्ध दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा सभासद तिलक परियारले आफूहरुलाई गैरभौगोलिक प्रदेश मान्य नहुने बताएका छन् । समता फाउण्डेसनले चैत १९ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । राज्यपुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले दलित समुदायका लागि गैरभौगलिक संघीयता प्रस्ताव गरेको थियो । नेता परियारले दलितको पहिचान गरेर मात्र दलितका समस्याको समाधान गर्न सकिने उल्लेख गरे ।

काँग्रेसका नेता शम्भुहजारा पासवानले दलित समुदायलाई राज्यले ३५ सय वर्षदेखि आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, प्रशासनिक क्षेत्रमापछि पारेकाले क्षतिपूर्ति सहितको अधिकार आवश्यक भएको धारणा राखे । कार्यक्रमका अर्कावत्ता एमाले नेता जितु गौतमले दलितका लागि गैरभौगोलिक राज्य वा छुट्टै प्रदेश भन्ने बारेमा घनीभूत छलफल हुन नसकेको बताउँदै दलितको छुट्टै पहिचानको माग नभएको र भौगोलिक रुपमा पनि दलितहरु देशभरि छरिएर रहेकाले दलितलाई प्रदेशभन्दा पनि क्षतिपूर्तिसहितको समानुपातिक सहभागिता आवश्य भएको उल्लेख गरे ।

राज्य पनुःसंरचना आयोगका अध्यक्ष डा मदन परियारले दलित समुदाय शोषणमा परेका कारण विकासको मूलधारमा ल्याउन लागि समानुपातिक प्रतिनिधित्वसहित गैरभौगोगिक राज्य प्रस्ताव गरिएको प्रष्टीकरण दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %