नेपाल महिला एकता समाजले सरकारले आफुहरुलाई गैरनेपाली नागरिक सरह ब्यवहार गरॆको भन्दै आक्रोश ब्यक्त गरेका छन् । समाजकी अध्यक्ष बिमला तामाङले चैत १७ गते एक कार्यक्रम गरेर सरकारले काठमाडौंको बाग्मती नदी किनारका सुकुम्बासीहरुलाई बिना बिकल्प उठिबास गर्न लागेको बताइन् ।
तामाङले सुकुम्बासी बस्तीका हुकुम्बासीलाई हटाएर वास्तविक सुकुम्बासीलाई तत्काल सत्यतथ्य रुपमा छानबिन गरि बास्तबिक सुकुम्बासीहरुलाई सरकारले विकल्प दिनुपनॆ्र धारणा राखिन । समाजकी महासचिव धना लामाले बाग्मती नदि किनारका सुकुम्बासी बस्ती व्यबस्थापनको निम्ति शहरी विकाश तथा भवन निर्माण बिभागद्धारा तयार गरिएको कार्य नीति तुरुन्त पास गरि कार्यान्वयनमा ल्याउनुपर्ने माग गरिन् ।
