राज्य पुनसंरचनामा उत्पीडित समुदायबारे पोखरामा बहस

Read Time:3 Minute, 51 Second

नेकपा एमालेका केन्द्रिय सदस्य तुलबहादुर गुरुङले नयाँ संविधानले जातीय पहिचानलाई उचित सम्बोधन नगरे अर्को आन्दोलनको अवस्था आउने बताएका छन् । उत्पिडित जनउत्थान माच नेपालले चैत १६ गते पोखरामा आयोजना गरेको राज्य पुनसंरचना र उत्पीडित जनसमुदाय विषयक अन्र्तकि्रयात्मक गोष्ठीका प्रमुख अतिथी गुरुङले जातीय आधारमा मात्रै प्रदेश त नबन्ला तर उत्पीडित समुदायको पहिचान पहुँच र अधिकार नयाँ संविधानले सुनिश्चित नगरे ठुलो भुल हुने बताए ।

जातीय विषयमा खासै प्रतिकि्रया दिन नचाहने नेता गुरुङले विगत लामो समयदेखि जातीय वर्गीय सामाजिक साँस्कृतिक उत्पिडनमा परेका समुदायको अधिकार नयाँ संविधानमा स्थापित गराउन साझा मुद्धामा एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ पश्चिमाचल प्रमुख ज्योति भट्टचनले नयाँ बन्ने संविधानमा नेपाली महिलाका अधिकार विषयेक कार्यपत्र प्रस्तुत गर्दै महिलालाई बंशजको अधिकार सम्पत्तिमा समान अधिकार हरेक निकायमा महिलाको कम्तीमा ५० प्रतिशत सहभागिता लगायतको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिइन ।
यसैगरी संविधानसभा सुचना केन्द्र पश्चिमााचल प्रमुख जुनाकुमारी गुरुङले राज्यको पुनसंरचना तथा संविधानमा आदिवासी जनजातिको सवाल विषयेक कार्यपत्र प्रस्तुत गर्दै राज्यको पुनसंरचनाको आधार पहिचान र सामाथ्र्य भए पनि जातियताको भ्रम फिजाउन खोजेको धारणा राखिन् । पहिचान र अधिकार स्थापित गर्न दवाव आवाश्यक भएको उनको भनाई छ  ।

दलित उत्थान विकास समितिका पुर्व सदस्य सचिव कृष्ण नेपालीले राज्यको पुनसंरचनामा दलितका सवाल विषयक कार्यपत्र प्रस्तुत गरे । उनले जातीय छुवाछुतको अन्त्य समानुपातिक प्रतिनिधीत्व नीति निर्माण तहमा दलितको पहुँच विगतमा उत्पिडनमा पारिएका समुदायलाई विशेष अधिकार नयाँ संविधानले सुनिश्चित गर्नुपर्ने उल्लेख गरे  ।  
मचका अध्यक्ष धनप्रसाद तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मचकी सरस्वती तामाङ, आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मो, अध्यक्ष पानबहादुर घर्ती, लोकतान्त्रिक तमु संघका उपाध्यक्ष मिना गुरुङ, भवे सार्की, अम्बर तुलाचन, इसान परियार, डिलबहादुर नेपाली, उदयबहादुर अमात्य, विष्णुशंकर ख्वाउजु, किरण भट्टचन, दिपक तामाङ लगायतले अन्र्तकि्रया कार्यक्रममा नयाँ संविधानमा अधिकार सुनिश्चित गर्न उत्पिडित जनसमुदाय दलित आदिवासी जनजाति महिला अल्पसंख्यक लगायतको एकताबद्ध दवाव आवाश्यक रहेकोमा जोड दिएका थिए ।

हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %