श्रम तथा यातायात व्यवस्था मन्त्री एमएस थापा मगरलाई मन्त्रालयको काममा सल्लाह दिन राष्ट्रिय जनमुक्ति पार्टी उपाध्यक्ष रविन्द्र सुनारको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । सो पार्टी स्थायी समितिको वैठकले सल्लाहकार समितिको सदस्यहरुमा उपहासचिव तारा थापा, बुद्धिजिवि विभाग प्रमुख खिलध्वज थापा, राष्ट्रिय यातायात व्यवसायी परिषदका इन्चार्ज सूर्यकुमार सारु र संघीय परिषद सदस्य रामु परियारलाई राख्ने निर्णय गरेको छ ।
सो पार्टीका प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामी मगरले मन्त्री थापाको स्वकिय सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
