मगर विद्यार्थी संघ कास्कीकॊ अधिवेशन २८ चैत्रमा

Read Time:2 Minute, 24 Second

‘मगरात स्वायत्तता सहितको अखण्ड र सम्वृद्ध नेपाल निमार्णको लागी हाम्रो आन्दोलन, वैज्ञानिक, व्यवहारीक र सङघीय शिक्षा प्रणालिको पक्षमा तेह्रौ १३ औँ ऐतिहासिक जिल्ला अधिवेशन’ भन्ने नाराका साथ नेपाल मगर विधार्थी संघ कास्कीको जिल्ला अधिवेशन चैत्र २८ गते हुने भएको छ । अधिवेशन सम्पन्न गर्नका लागी बसेको जिल्ला कार्यसमितिको बैठकले सफल पार्न जिल्ला अध्यक्ष विनोद रखाली मगरको सयोंजकत्वमा विभिन्न उपसमितिहरु गठन गरेको छ ।  

सांस्कॄतिक उपसमिति संयोजकमा जानकी थापा मगर, अर्थ सङ्कलन उपसमिति संयोजकमा मोनिका वराल मगर, प्रचार प्रसार उपसमिति संयोजकमा गम्भिरराज राना मगर, साउण्ड सिस्टम उपसमिति संयोजकमा सागर आले मगर, मन्च व्यवस्थापन उपसमिति संयोजकमा कला आले मगर, प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा नेत्र थापा मगर, खाजा पानि व्यवस्थापन उपसमिति संयोजकमा माया रोका मगर, अतिथि सत्कार उपसमिति संयोजकमा गिता सारु मगर, स्वयम्सेवक उपसमिति संयोजकमा भिम घर्ती मगर लगाएतलाइ चयन गरेको छ ।

नेपाल मगर विधार्थी संघ केन्द्रीय समितिका अध्यक्ष रेनुका काउचा मगरले अधिवेन उद्घाटन गर्ने  समितिले जनाएको छ । २०५१ साल देखी का्स्कीमा मगर विद्यार्थीहरुको हक हित र अधिकारका निमिक्त संघर्ष गर्दै आएको साथै समय समयमा विविध रचनात्मक गतिविधिमार्फत आफुलाइ चिनाउदै आएको मगर विधार्थी संघ कास्कीको १३ औं अधिवेसनमा कास्की जिल्लाका १३ क्याम्पस तथा विद्यालयका करिव ९१ जना अधिवेशन प्रतिनिधिहरु रहने आयोजकले जनाएको छ । अधिवेशनले एक वर्ष सम्मका लागी कार्यसमिति चयन गर्ने छ ।

विनोद रखाली मगर, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %