आदिवासी जनजाति विद्यार्थी महासंघको भेला वैशाखमा

Read Time:2 Minute, 3 Second

नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको प्रथम राष्ट्रिय भेला २०६९ बैशाख ९ र १० गते चितवनमा हुने भएको छ ।  ‘जातीय ऐतिहासिक पहिचानको आधारमा संघीय राज्य निर्माण, पहिचानमा आधारित समावेशी संघीय शिक्षा प्रणली हाम्रो राष्ट्रिय अभियान’ भन्ने मुलनाराका साथ सो भेला नारायणगढमा हुन लागेको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका केन्द्रिय अध्यक्ष नरबहादुर गुरुङ्गले जानकारी दिए  ।

भेलामा राष्ट्रिय विद्यार्थी संगठनका पदाधिकारी ७५  जिल्ल्ा समन्वय समिति र ११ वटा प्रादेशिक समन्वय समितिहरुबाट ५/५ जनाका  दरले ३७५ जना र आयोजक गरी ६७५ भन्दावढी प्रतिनिधीको सहभागिता रहने पनि गुरुङले जानकारी दिए । भरतपुरको वीरेन्द्र वहुमुखी क्याम्पसमा हुने उद्घाटनसत्रमा दसौं हजारको सहभागिताबाट शक्ति प्रर्दशन समेत गरिने अध्यक्ष गुरुङ्ले बताए । भेलाको बन्दसत्र भने नारायणगढको नारायणी कला मन्दिरमा हुनेछ ।

आदिबासी जनजातिका २७ वटा विभिन्न विद्याथीं संगठनको संगठन महासंघले आदिबासी जनजाति आन्दोलनको समग्र समीक्षा,  समस्याको पहिचान, समसामयिक राजनैतिक अवस्था र यसले नेपाली जनताको मुक्ति आन्दोलनमा खेलेको भूमिकाको विश्लेषण र समाधानको उपाय पहिल्याउँदै महासंघको भावी कार्यदिशासमेत भेलाले निर्धारण गर्ने गुरुङ्गको दाबी छ ।

देवेन्द्र सारु मगर (मीक्डी), भरतपुर, चितवन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %