श्रम तथा यातायात व्यवस्था मन्त्री एमएस थापा मगरले आफूले पनि अन्याय नगर्ने र मातहतका कर्मचारीलाई पनि अन्याय गर्न नदिने बताएका छन् । चैत १० गते पदभार गरेलगत्तै राज्यसत्ता डटकमसँग कुराकानी गर्दै यस्तो धारणा राखेका हुन् । मन्त्री थापा मगरले सन्चारमाध्यम मध्ये सबै भन्दा पहिला राज्यसत्ता डटकमलाई प्रतिकि्रया दिने क्रममा वैदेशिक रोजगार र यातायात क्षेत्रमा अन्यायपूर्ण कुनै हरकत हुन नदिने धारणा राहेका हुन ।
मन्त्री थापा मगरले आफू मन्त्रालयमा भरखर पद बहाली भएकाले थप विषयमा अध्ययन गरेर निर्णय लिने बताए । संविधान र शान्ति प्रकि्रयामा सघाउ पुग्ने गरी काम गर्न आफू कटिबद्ध रहेको पनि राज्यसत्तासँगको भेटमा उल्लेख गरे ।
