महिला अधिकारका लागि पालो प्रणाली माग

Read Time:1 Minute, 11 Second

पुरुषवादी समाजमा महिलालाई हक अधिकार सम्पन्न गराउन पालो प्रणाली लागु गर्न माग गर्दै महिलाहरुले धर्ना कसेका छन् । ग्लोबल सोरोरिटीको आयोजनामा चैत ९ गते काठमाडौं रत्नपार्कमा दुई दिने धर्ना शूरु गरिएको हो ।

उनीहरुले सरकारी र सामुदायिक दुबै क्षेत्रमा महिला र पुरुषलाई पालोपालो जिम्मेवारी दिन माग गरेका छन् । जस्तो पहिलो वर्ष पुरुष अध्यक्ष भएको संस्थामा अर्को वर्ष स्वतः महिलालाई अध्यक्ष बनाउनु पर्ने उनीहरुको माग रहेको छ ।

आयोजक संस्थाकी अध्यक्ष मनिका घिमिरेले पुरुषहरुले ३३ प्रतिशत पनि दिन नमानेपछि आफूहरु बाध्य भएर पालो प्रणालीमा जानुपरेको धारणा राखिन् ।  सरकारले महिलाका लागि ३३ प्रतिशत सिट आरक्षित गरेको भए पनि व्यवहार कार्यन्वयन भईसकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %