

मगर भाषाका आदिकवि जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानको अध्यक्षमा सन्जोग लाफा मगर चयन भएका छन् । ललितपुरको जावलाखेलमा चैत ९ गते सम्पन्न प्रतिष्ठानको साधारणसभाले निवर्तमान सचिव लाफालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रोम थापा मगर, सचिवमा सन्त गाहा मगर, कोषाध्यक्षमा पुरन थापा मगर र सदस्यहरुमा हरिकला राना मगर, संगम पुलामी मगर रहेका छन् । रिक्त एक सदस्यमा महिलालाई थप गरिने नवनिर्वाचित अध्यक्ष लाफा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए ।
यसैवीच निवर्तमान सचिव लाफा मगरद्वारा प्रस्तुत प्रगती प्रतिवेदन र कोषाध्यक्ष पदमा आले मगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ । साधारणसभाले प्रतिष्ठानको विधान समेत संशोधन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै निर्वतमान अध्यक्ष कुन्ता थापा मगरले मगर भाषा साहित्यको विकासका लागि पारदर्शी ढंगले काम गर्न आग्रह गरेकी छन् ।
आदिकवि सिँजाली प्रतिष्ठान २०५८ मा गठन भएको थियो । जीतबहादुर सिँजाली मगर र स्व रेखबहादुर थापा सारु मगर दुबै मगर भाषाका आदिकवि हुन ।
सम्बन्धित समाचार
