संयुक्त मधेशी मोर्चामा अब सबै मधेशवादी दल

Read Time:1 Minute, 30 Second

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसवादी सबै दललाई मोर्चामा आवद्ध गर्ने निर्णय गरेको छ । मोर्चाको चैत ८ गते राजधानीमा बसेको बैठकले मधेसका मुद्दालाई अझै सशक्त बनाउन मधेसवादी दलहरुलाई समेट्ने निर्णय गरेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

 
बैठकले उपेन्द्र यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम नेपाल, अनिलकुमार झा अध्यक्ष रहेको सङ्घीय सद्भावना पार्टी, सरिता गिरी अध्यक्ष रहेको नेपाल सदभावना पार्टी आनन्दीदेवी लगायतलाई मोर्चामा सहभागी गराउने निर्णय गरेको हो । यसअघि मोर्चामा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम, जेपी गुप्ताको गणतान्त्रिक फोरम, महन्थ ठाकुरको तमलोपा, महेन्द्रराय यादवको तमलोपा नेपाल र महतोको सदभावना पार्टी सहभागी थियो ।  

मोर्चा संविधानसभा निर्वाचन भन्दा पहिला गठन भएको थियो । सत्तालिप्साको आरोप लाग्ने गरेपनि मोर्चाले मधेशी समुदायको मुद्दामा सरकारलाई झुक्न बाध्य पार्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %