इलाम जिल्लाको जितपुरमा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति इलामले लिमबुवान आमसभा आयोजना गर् यो । आमसभामा बोल्दै प्रमुख अतिथि तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले भनेँ- ‘अहिले लिम्बुवान आन्दोलनले एकात्मकवादीहरुको विभिन्न षडयन्त्रहरुलाई कुल्चँदै अघि बढिरहेको छ ।
लिम्बुवानको नामकरण अस्वीकार गर्ने लिम्बुवानको ऐतिहासिक भूभाग ९ जिल्लालाई खुम्च्याएर पाँच जिल्लामा सिमित गर्ने संविधान सभा विघटन गर्ने र २०४७ सालको संविधान ब्युँताउनेसम्मका षडयन्नत्रहरु एकात्मकवादीहरुले रचिरहेका छन् । यी एकात्मक षडयन्त्रहरुसँग जुध्न सम्पूर्ण लिम्बुवानवादीहरुले आ-आफ्नो दिमागबाट एकात्मक पार्टीहरुले थोपरेका दासत्वको कालो पर्दालाई च्यातचुत पारेर सङ्ग्रामको लागि तयार रहनुपर्दछ । र लिम्बुवानबेगरको संविधान अमान्य हुनेछ भनेर प्रत्येक लिम्बुवानीहरुबाट आवाज उठ्नुपर्दछ ।’
परिषदका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले भनेँ- ‘म लिम्बू होइन सङ्खुवासभाको गुरुङ गाउँमा जन्मेको गुरुङ हुँ । तर म लिम्बुवान हुँ । म लिम्बुवानवासी हुँ । त्यसैले म लिम्बुवान हुँ । मैले बुझेको छु- लिम्बुवान आन्दोलन जति सशक्त हुन्छ त्यतिनै तमुवान र मगरात प्राप्तिको आन्दोलनलाई पनि बल पुग्छ । त्यसैले म लिम्बुवान हुँ । यहाँ धेरै लिम्बूहरु ‘म लिम्बुवान हुँ’ भन्न सकिरहेका छैनन् । तर म गर्वका साथ भन्छु-‘म लिम्बुवान हुँ’ र मेरो शरीरमा एक थोपा रगत भइाजेलसम्म लिम्बुवानको लागि लडिरहनेछु ।’
यसरी नै उक्त आमसभामा परिषदका सचिवालय सदस्यहरु शान्ता योङहाङ प्रेमदीप थाम्सुहाङ लोकसागर साम्बा थाङसाङ लावती र दिलेन्द्र कुरुम्बाङले पनि मन्तव्य राखेका थिए । परिषदका केन्द्रीय सदस्यहरु डुपछिरिङ लेप्चा डम्बर राई, संगम खनाल र इलाम जिल्ला अध्यक्ष दिलप्रसाद नेम्बाङ एवम् पान्थर जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङले पनि सो आमसभामा आफ्नो भनाइ राखेका थिए ।
परिषद जितपुर गाउँ कार्य समितिका अध्यक्ष चक्रभक्त लिम्बूको सभापतित्व र याम माबो लिम्बूको उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय लिम्बुवानी कलाकारहरुले मगर जातिको हुरर्रा नाच लिम्बू समुदायमो च्याबु्रङ नाच र बाहुन समाजको बालन नृत्य पनि प्रस्तुत गरेका थिए ।
परिषदको केन्द्रीय कार्यालय दमकबाट लिम्बुवान भोलेण्टियस्र सिनियर उपकमाण्डर मुक्साम लाबुङ लिम्बूको नेतृत्वमा जितपुर आएको टोलीले त्यस दिनबेलुकी सोही ठाउँमा प्रोजेक्टरमार्फत विभिन्न लिम्बुवानी कार्यक्रम र आन्दोलनका डकुमेन्ट्रीहरु प्रदर्शन गरेको थियो ।
डीबी आङबुङ\लिम्बुवान
