
म्याग्दीदेखि बेलायत गई स्थायी बसोबास गरिरहेका म्याग्दीबासीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ बेलायतले म्याग्दीका विकट स्थानहरुमा सेवा प्रदान गर्नको लागि नेपाल रेडक्रस सोसाइटी म्याग्दीलाई फागुन १७ गते दरबाङमा र २० गते दानामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष मुक्ति रोकालाई एम्बुलेन्सको साँचो दिएर हस्तान्तरण गरेको छ । साथै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष मुक्ति रोकाले सोही चाबी सम्बन्धीत ठाउँका उपशाखाका अध्यक्षहरुलाई पुनः चाँबी हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दी र कालीखोलाबासीलाई छिटो छरितो र सहजताको साथ एम्बुलेन्स सेवा प्राप्त होस् भनेर नै एउटा एम्बुलेन्स दरबाङ अर्को एम्बुलेन्स भुरुङ तातोपानीमा राखेर सेवा दिने भन्ने निर्णय भए अनुरुप सोही स्थानको लागि बेलायतमा बसोबास गरिआईरहेका व्यक्तिहरुको सहयोगमा एम्बुलेन्सहरु हस्तान्तरण गरिएको हो । एउटा एम्बुलेन्स चाहि बेनीमा राखेर सदरमुकाम वरपरका बासिन्दाहरुलाई सुविधा दिनको लागि म्याग्दी रेडक्रसलाई दिइएको जानकारी म्याग्दी प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले दुवै ठाउँमा आयोजना भएको भव्य कार्यक्रममा व्यक्त गरेका छन् ।
‘चामलको पैंचो पिठोले तिरौं’ भन्ने आव्हान स्वरुप हामीले हामी जन्मे हुर्केको जिल्लाको लागि स्वास्थ्य क्षेत्रमा यो कार्यक्रम गर्न लागेका हौं- अध्यक्ष योगकुमार फगामी । दरबाङमा आयोजित हस्तान्तरण कार्यक्रममा एनआरएन जिवा लामिछाने र एनआरएन युकेका अध्यक्ष कुल आर्चायको समेत बिशेष उपस्थिति रहेको थियो । साथै दरबाङमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ मिथिला शर्मा, कविता आले मगर र कुलचन्द्र शर्माको पनि विशेष उपस्थिति थियो । जसमा प्रतिष्ठानको तर्फबाट विभिन्न विद्यामा ५ जनालाई १० हजार तथा ताम्रपत्रद्वारा सम्मान गरिएको थियो भने समाज सेवामा उत्कृष्ट योगदान दिए वापत म्याग्दी प्रवासी नेपाली संघ बेलायतका सल्लाहकार योगेन्द्र के.सी.लाई पनि सम्मान गरिएको थियो । यसै गरि म्याग्दी प्रवासी नेपाली संघका अध्यक्ष योगकुमार फगामी सल्लाहकार द्वय लिलामान शेर्पुन्जा र दुत पुनलाई विदेशमा रहेर पनि नेपाली संगीतलाई प्रवद्र्धन गरे वापत नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको लोगो अंकित चिन्ह जिवा लामिछानेको बाहुलीबाट सम्मान गरिएको थियो ।
म्याग्दी प्रवासी नेपाली संघका सल्लाहकार लिलमान शेरपुन्जा भन्छन्- ‘आफु जन्मे हुर्केको ठाउँमा बसोबास गर्ने आफ्नो छरछिमेकी दाजुभाई दिदीबहिनी इष्टमित्रहरुको लागि स्वास्थ्य क्षेत्रमा छिटो र छरितो तरिकाले सेवा प्राप्त होस् भनेर नै यो एम्बुलेन्स विकट स्थानमा हस्तान्तरण गरिएको छ ।’ अर्का सल्लाहकार दुत पुन चािहं एम्बुलेन्स सेवा राम्रोसँग सन्चालनको लागि चिन्तित हुँदै सम्बन्धीत ठाउँका सबैलाई सचेत बन्न आग्रह गर्दछन् । साथै एम्बुलेन्स सेवा सहज र सतर्कताको साथ संचालन गर्न रेडक्रसका अध्यक्ष मुक्ति रोकाले आफ्नो भाषणमा आश्वस्त हुन मोनाका सदस्यहरुलाई आग्रह गरे ।
म्याग्दी प्रवासी नेपाली संघ बेलायतका सदस्यहरु काठमाडौंमा असाहय व्यक्तिहरुलाई सहयोग गरिरहेको संस्थाको अवलोकन भ्रमण पश्चात संस्थाका प्रमुख दिलशोभा श्रेष्ठलाई व्यक्तिगत रुपमा सबैबाट संकलित रकम ३५ हजार प्रदान गरेको छ भने एम्बुलेन्स हस्तान्तरणको साथै कार्यक्रम व्यवस्थापन खर्च स्वरुप दुवै ठाउँमा २ लाख ५० हजार संघको कोषाध्यक्ष दलमान पुनको हातबाट सम्बन्धीत ठाउँको आयोजक संस्था नेपाल रेडक्रस सोसाइटीको उपशाखालाई प्रदान गरिएको छ । यसै गरि म्याग्दीमा स्थापित बालबालिकाको लागि म्याग्दी प्रवासी नेपाली संघ बेलायतको पहलमा संयोजक तेज पुनले बेलायतमा संकलन गरिएको २ लाख १ हजार ७ सय ३५ रुपैयाँ संस्थाको कार्यालयमा गएर अवलोकन गर्दै पत्रकार र मोनाको सदस्यहरुको उपस्थितिमा रकम हस्तान्तरण गरेको छ । संस्थाले विगत २ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ भने हाल ११ वटा निस्साहय बालबालिकालाई निशुल्क पठनपाठन समेत गरिरहेको छ । यसै गरि तत्काल बेलायतबाट आएका मोनाका सदस्यहरुबाट व्यक्तिगत रुपमा सबै मिलेर संकलित रकम दरबाङ युवा क्लबलाई १० हजार उत्कृष्ट भए वापत मराङ नौमति बाजालाई ११ हजार विममा रहेको स्कूलको लागि व्यक्तिगत रुपमा कमल पुर्जाबाट १ लाख र अन्यबाट २७ हजार गरि कुल १ लाख २७ हजार नेपाल मगर संघ जिल्ला समिति म्याग्दीलाई ३२ हजार बेगखोला गाविसमा रहेको पूख्र्यौली समूहलाई १२ हजार वेगको बाटो अथवा स्कुलको लागि कमल पुर्जाबाट व्यक्तिगत रुपमा १ लाख ११ हजार १ सय ११ प्रदान गर्ने भएका छन् गलेश्वरधामको शिव मन्दिरको लागि १४ हजार भुरुङको निलगिरी आमा समुहलाई १२ हजार दाना आमा समुहलाई ११ हजार फलाटेमा रहेको स्कुलको लागि ११ हजार सुर्योदय उच्च मा।वि। दानाको लागि १२ हजार मोना युकेका सदस्य कृष्ण पुन र मोना हङकङका अध्यक्ष दलबहादुर पुनबाट दाना उच्च मावि लागि २५\२५ गरि ५० हजार घोडेपानी पूख्र्यौली समुहलाई २१ हजार पूख्र्यौली समुह बेगलाई २५ हजार र चिमखोला आमा समुहलाई १२ हजार ५ सय प्रदान गरेका छन् ।
एम्बुलेन्स कार्यक्रम पुर्व फागुन १५ गते पोखरामा पत्रकार सम्मेलन गरेको थियो । र पत्रकार भेटघाट कार्यक्रमा सहयोगको लागि आएको ११ वर्षिय बालिका पवित्रा विकलाई सबै मिलेर तत्काल संकलन गरेको ११ हजार उक्त पत्रकार भेटघाट कार्यक्रममा नै हस्तान्तरण गरिएको थियो । यसरी छोटो अवधिको लागि नेपाल आएका बेलायतमा बसोबास गर्ने नेपालीहरु समाज सेवाको भावनाले अभिप्रेरित भएर नै आफ्नो नातागोतालाई भेट्ने समय नदिएरै भए पनि जिल्लामा सहयोग हस्तान्तरण कार्यक्रम गरि अति व्यस्त समय व्यतित गरेका छन् ।
मेजन पुन मगर म्याग्दीबाट फर्केर
