साना दललाई समानुपातिक निर्वाचन प्रणाली फाइदाजनक-खनाल

Read Time:1 Minute, 25 Second

प्राध्यापक कृष्ण खनालले समानुपातिक निर्वाचन प्रणाली ठूला दलका लागि जहिल्यै पनि हानी कारक हुने बताएका छन् । संवैधानिक संवाद केन्द्रले फागुन २५ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । संविधानसभाको निर्वाचनमा मिश्रित प्रणाली अपनाउँदा एमाओवादीलाई घाटा परेको स्मरण गर्दै खनालले साना पार्टीका लागि भने यो प्रणाली फाइदाजनक भएको उल्लेख गरे ।

दलगत आर्दशका लागि भन्दा पनि समाजिक समावेशिताका लागि समानुपातिक निर्वाचन प्रणाली चाहिने खनालको धारणा छ । समानुपातिक निर्वाचन प्रणाली अपनाउँदा सरकार अस्थिर हुने भए पनि नेपालमा यसको विकल्प नभएको उनले बताए ।  

कार्यक्रममा निर्वाचन प्रणाली सम्बन्धीविज्ञ करे भोलनले कार्यपत्र प्रस्तुत गरेका थिए । विगतका निर्वाचनमा लगातार ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व भएका जुनसुकै जातिलाई पनि आरक्षण वा कोटा दिनु नपर्ने उनको सुझाव थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %